• कञ्चनजंघा हिमाल आरोहणका क्रममा एक भारतीय नागरिकको मृत्यु

    ताप्लेजुङ । विश्वको तेस्रो अग्लो शिखर कञ्चनजंघा आरोहण गर्ने क्रममा एक भारतीय नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा ५२ बर्षिय नारायणन् इलाएर रहेका छन्। ८ हजार ५ सय ८६ मिटर अग्लो कञ्चनजंघा हिमालको करिव ८ हजार २ समय मिटर उचाइमा पुग्दा उनको मृत्यु भएको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख(डिएस...

  • एमाले कार्यकर्ताले गरे राप्रपा उम्मेदवारमाथि कुटपिट

    काठमाडौं । राप्रपाका उम्मेदवारमाथि नेकपा एमालेका कार्यकर्ताले कुटपिट गरेका छन्। धनुषाको सबेला नगरपालिका वडा नम्बर ४ का राप्रपा वडा सदस्यका उम्मेदवार समशुल राइन मियाँमाथि एमालेका कार्यकर्ताले साङ्घातिक आक्रमण गरेको राप्रपाले जनाएको छ । राप्रपा प्रवक्ता मोहन श्रेष्ठले आज विज्ञप्ति निकालेर राप्रपा वडा सदस्यका उम्मेदवार...

  • चार म्यादी प्रहरीको मृत्यु, एक जनाले गरिन् आत्महत्या

    काठमाडौं । स्थानीय तह निर्वाचन सुरक्षाका लागि भर्ना गरिएका चार जना म्यादी प्रहरीको मृत्यु भएको छ । एक जनाले आत्महत्या गरेकी हुन् । ड्युटीमा खटिएकाहरुमध्ये ललितपुर, हुम्ला, सिन्धुपाल्चोक र नुवाकोटमा एक–एक जना म्यादी प्रहरीको मृत्यु भएको नेपाल प्रहरीका प्रवक्ता विष्णु कुमार केसीले जानकारी दिनुभयो । सिन्धुपाल्चोकको चौत...

  • उम्मेदवारमाथि खुकुरी प्रहार

    भोजपुर । भोजपुरमा उम्मेदवारमाथि खुकुरी प्रहार भएको छ । षडानन्द नगरपालिका–१० साङपाङका वडा सदस्य उम्मेदवार अमिता तामाङमाथि गएराति १० बजे अपरिचित व्यक्तिले खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । खुकुरी प्रहारबाट घाइते भएकी तामाङको टाउकोमा चारओटा टाँका लगाएको प्रहरीले जनाएको छ । खुकुरी प्रहार गर्...

  • युवा संघका अगुवा कार्यकर्तामाथि हतियार प्रहार

    काठमाडौँ । चितवनको खैरहनीमा युवा संघका अगुवा कार्यकर्तामाथि धारिलो हतियार प्रहार गरिएको छ । हतियार प्रहारबाट खैरहनी–८ घर भएका युवा संघका अगुवा कार्यकर्ता कुमार थापा घाइते हुनुभएको छ । उहाँलाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं पठाइएको चितवनका एसपी नवराज अधिकारीले बताउनुभयो । आक्रमणमा संलग्न १ जनालाई प्रहरीले पक्राउ ...

  • खुकुरी प्रहार गरी बुवा र आमाको हत्या

    काठमाडौँ । ताप्लेजुङको फत्ताङलुङ गाउँपालिका–६ मा आमा र बुवालाई छोराले हत्या गरेका छन् । बिहीबार साँझ ५ बजेतिर ७० वर्षीय बिर्खबहादुर लिम्बु र ७२ वर्षीया थिपरानी लिम्बुको खुकुरी प्रहारबाट हत्या भएको थियो । मदिरा पिएर फक्ताङलुङ गाउँपालिका–६ गोटी थाङ्गा घर भएका मृतकका छोरा २५ वर्षीय आइतराज लिम्बुले हत्या गरेको प्रारम्भि...

  • सुर्खेतमा एमाले र कांग्रेस कार्यकर्ताबीच झडप

    सुर्खेत । सुर्खेतको सिम्ता गाउँपालिका–६ बादेपिपलमा नेपाली एमाले र कांग्रेसका कार्यक्रताबीच झडप भएको छ । बिहीबार राति ११ बजे एमाले र कांग्रेसका कार्यक्रताबीच झडप भएको हो । एमाले र कांग्रेसका कार्यक्रताबीच झडप हुँदा सिम्ला गाउँपालिका–५ का नेपाली कांग्रेसका वडा अध्यक्षका उम्मेदवार उपेन्द्र सिंह र उनका समर्थक सुरजसिंह ठ...

  • रोल्पामा कांग्रेस र माओवादीबीच झडप, उम्मेदवार घाइते

    काठमाडौँ । रोल्पाको माडी गाउँपालिका–३ तालाबाङमा गए राति झडप हुँदा नेपाली कांग्रेसका वडाध्यक्ष उम्मेदवार मीनबहादुर डाँगी घाइते हुनुभएको छ ।कांग्रेस र माओवादी कार्यकर्ताबीच झडप भएको हो। बुधबार तालावाङ बजारमा चुनावी सभा भएको थियो। त्यो सभा सकेर फर्कने क्रममा झडप भएको हो। डाँगीलाई रड प्रहार गरी घाइते बनाएको कांग्रेसले ज...

  • धनुषामा वडाध्यक्ष उम्मेदवारका बुवामाथि धारिलो हतियार प्रहार

    धनुषा । धनुषाको कमला नगरपालिका उम्मेदवारका बुबामाथि धारिलो हतियार प्रहार भएको छ । नगरपालिकाको वडा नम्बर १ मा वडाध्यक्षका उम्मेदवार सर्वदेव यादवका ७० वर्षीय बुवा चन्द्रनारायण यादवलाई बुधबार राति घरमै अज्ञात समूहले धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको हो । उहाँको अवस्था चिन्ताजनक रहेको धनुषा प्रहरीले जनाएको छ । ...

  • गाडी र जिप ठोक्किँदा ५ जनाको मृत्यु

    काठमाडौँ । भारतीय पर्यटक बोकेको गाडी र जिप ठक्कर खाँदा काभ्रेमा पाँच जनाको मृत्यु भएको छ। भारतीय यात्रु बोकेको गाडी र सिन्धुलीबाट काठमाडौं आइरहेको यात्रुबहाक जिप आज मध्यान्ह १२:१५ बजे काभ्रेको रोशी गाउँपालिका वडा नम्बर १ स्थित बढुवेशीमा दुर्घटनामा परेको थियो। प्रहरी नायब उपरीक्षक हरि खतिवडाका अनुसार दुर्घटनामा परेर ...