कञ्चनजंघा हिमाल आरोहणका क्रममा एक भारतीय नागरिकको मृत्यु

ताप्लेजुङ । विश्वको तेस्रो अग्लो शिखर कञ्चनजंघा आरोहण गर्ने क्रममा एक भारतीय नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा ५२ बर्षिय नारायणन् इलाएर रहेका छन्।

८ हजार ५ सय ८६ मिटर अग्लो कञ्चनजंघा हिमालको करिव ८ हजार २ समय मिटर उचाइमा पुग्दा उनको मृत्यु भएको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख(डिएसपी) कैलाश राईले बताउनुभयो ।

उनी पायोनियर एड्भान्ञ्चर प्रालिबाट हिमाल आरोहणमा गएका थिए। पायोनियर एड्भान्ञ्चर प्रालिका कार्यकारी निर्देशक निमेष कार्कीले शवको उद्धारका लागि टोली परिचालित भइसकेको जानकारी दिनुभयो। nagariknews.nagariknetworkबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार