• इटलीमा विमान दुर्घटना, आठ जनाको मृत्यु

    एजेन्सी । इटलीमा एक निजी विमान दुर्घटना हुँदा ८ जनाको ज्यान गएको छ ।इटलीको उत्तरी सहर मिलानमा रहेको एक खाली कार्यालय भवनमा ठोक्किएर विमान दुर्घटना हुँदा विमानमा सवार आठै जनाको ज्यान गएको हो । मिलानको लिनाते विमानस्थलबाट सार्दिनिया आइल्यान्डका लागि उडेको सिंगल इन्जिन पिलाटस पीसी १२ विमान दुर्घटनामा परेको हो । दुर्घटन...

  • अफगानिस्तानमा तालिबानमाथि हमला, चार जनाको मृत्यु

    एजेन्सी । अफगानिस्तानमा शनिबार अज्ञात बन्दूकधारीले तालिबान हमला गरेका छन् । नंगहार प्रान्तमा भएको यस हमलामा दुई तालिबानी लडाकु र दुईजना नागरिक मारिएका छन् । तालिवान सरकारले नियुक्त गरेका नंगहार प्रान्तका सांस्कृतिक अधिकारी मोहम्मद हनिफले शनिबार यस आक्रमणको जानकारी दिएका हुन् । घटनामा दुई जना घाइते भएको उनले बताएका छ...

  • करेन्ट लागेर हात्तीको मृत्यु

    काठमाडौं । कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालयको रैथाने मकुना हात्ती करेन्ट लागेर मरेको छ । आरक्ष छेउको धानबारीमा लगाइएको करेन्टमा परेर मकुना मरेको हो । कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालयले समेत मकुना करेन्ट लागेर मरेको पुष्टि गरेको छ । आरक्षका संरक्षण अधिकृत अशोक रामले चरणको क्रममा धानखेतमा पुगेको मकुना हात्ती करे...

  • रोमानियामा अस्पतालमा आगलागी हुँदा नौ जनाको मृत्यु

    बुखारेष्ट, रोमानिया । रोमानियाको ‘ब्ल्याक सी’ शहर कन्स्टान्टामा रहेको एउटा अस्पतालको सघन उपचार कक्षमा शुक्रबार बिहान भएको आगलागीमा परी नौ जना कोभिड–१९ सङ्क्रमित बिरामीको मृत्यु भएको पुष्टि स्थानीय अधिकारीहरूले गरेका छन् । अस्पतालमा रहेका अन्य सबै बिरामीलाई उद्धार गरी नजिकैका अन्य अस्पताल तथा स्वास्थ्य केन्दहरूलाई बि...

  • सोमालियामा बम आक्रमणबाट ७ जनाको मृत्यु, ९ घाइते

    मोगादिसु । सोमालियाको राजधानी मोगादिसुमा भएको बम आक्रमणमा परी कम्तीमा पनि सात जनाको ज्यान गएको छ ।साथै सो आक्रमणबाट अरु नौ जना घाइते भएका बताइएको छ । उक्त बम विस्फोट भएको स्थान मोगादिसुस्थित राष्ट्रपति कार्यालयनजिक रहेको बताइएको छ । शनिबार सो बम आक्रमण भएको प्रहरीले जनाएको छ । यहाँका एकजना प्रहरी अधिकारीले प्रहरी चौ...

  • पोखरीमा डुबेर पाँच दिनमा ६ जनाको मृत्यु

    सप्तरी । यहाँ पोखरीमा डुबेर पाँच दिनको अवधिमा ६ जनाको मृत्यु भएको छ । प्रत्येक दिनजसो पानीमा डुबेर मृत्यु हुन थालेपछि जिल्लावासी शोकाकुल र चिन्तित भएका छन् । शम्भुनाथ नगरपालिका–१२ अर्नाहा टोल बस्ने महानन्द सरदारका छोरा दुई वर्षीय रामपुकारको शनिबार राति पोखरीमा डुबेर मृत्यु भयो । घर पछाडि रहेको पोखरीमा डुबी बेहोस भएक...

  • विष खुवाई भिरबाट धकेलेर हत्या

    ताप्लेजुङ । शुक्रबार बिहान मृत भेटिएकी १८ वर्षीया युवती पुष्पा तबेबुङको हत्या भएको प्रहरीले दाबी गरेको छ । प्रहरीले हत्या आरोपमा एक जना पक्राउसमेत गरेको छ । पक्राउ पर्नेमा फुङलिङ नगरपालिका–१० फुरुम्बुका ट्याक्टर चालक राम कार्की छन् । प्रहरी नायब उपरीक्षक बालनरसिंह राणाका अनुसार कार्कीले हत्या गरेको स्वीकार गरिसकेका ...

  • वडा कार्यालयको शौचालयमा एक पुरुषको शव फेला

    काठमाडौँ । बूढानीलकण्ठ नगरपालिका– ८स्थित गोल्फुटारको वडा कार्यालयको शौचालयमा एक पुरुषको शव फेला परेको छ। निर्माणाधीन शौचालयको प्यासेजमा अन्दाजी ४० वर्ष उमेरका एक पुरुषको शव फेला परेको वडाध्यक्ष सुमन तामाङले जानकारी दिनुभयो। उहाँका अनुसार शवको पहिचान हुनसकेको छैन। लामो समयदेखि सोही ठाउँमा हिँडडुल गर्ने मानसिक असन्तुल...

  • श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

    बाँके । कुटेर पत्नीको हत्या गरेको आरोपमा प्रहरीले बाँकेको कोहलपुरबाट एकजना युवालाई पक्राउ गरेको छ । कोहलपुर नगरपालिका–३ भगरिया घर भएका ३४ वर्षीय प्रकाश न्यौपानेलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी रविन्द्र खनालले बताउनुभयो। असोज ८ मा प्रकाशले पत्नी लक्ष्मीरुपा न्यौपानेलाई कुटेर नालामा धकेलेका थिए...

  • लमजुङ कांग्रेस विवादः राइनासको मतपत्र जलाइयो

    काठमाडौँ । नेपाली कांग्रेस लमजुङको राइनास नगरपालिका अधिवेशनमा विवाद भएपछि मतपत्र जलाइएको छ । राइनास नगरपालिका अधिवेशनको क्रममा मतपत्रमा सभापतिका उमेदवार श्रीकृष्ण पौडेलको नामावली भएको ठाउँमा मतदान संकेत गर्ने ठाउँ ने नराखेको पाइएपछि विवाद सुरु भएको थियो । उक्त मतपत्र पौडेलका कार्यकर्ताले जलाइदिएका छन् । अहिले राइनास...