काठमाडौं । काठमाडौंको मूलपानीमा घरको जग खन्दा ढिस्कोले पुरिएर मजदूरको निधन भएको छ । निधन हुनेमा दोलखाको जिरी नगरपालिका–२ घर भएका २० वर्षीय इन्द्र श्रेष्ठ छन् । भिरालो जमिनमा घरको जग खन्दा ढिस्को खसेर श्रेष्ठको निधन भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (डिएसपी) प्रमेश विष्टले रातोपाटीलाई बताए । ढिस्कोले ...
मुख्य समाचार
-
-
ताप्लेजुङमा टिपर दुर्घटना हुँदा एक युवकको मृत्यु
ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका-३ सिकैचामा भएको टिपर दुर्घटनामा परी लमजुङका एक युवकको मृत्यु गएको छ । प्रदेश ३–०१–०५ ख ९२७१ नंको टिपर दुर्घटना हुँदा लमजुङको दोर्दी गाउँपालिका–६ का अन्दाजी १९ वर्षीय कृष्ण विकको मृत्यु भएको हो। दुर्घटनामा परी चालक यामबहादुर विक र मन्दीप लिम्बू घाइते भएको युनिटेक हाइड्रोपा...
-
प्रहरीमाथि बोतल प्रहार गरेको अभियोगमा एक पक्राउ
धनुषा । ड्युटीमा खटिएको प्रहरी कर्मचारीमाथि बोतल प्रहार गरेको अभियोगमा धनुषा लक्ष्मिनियाँ गाउँपालिका-६ निकाल बस्ने ३० वर्षीय सन्तोष शर्मालाई प्रहरीले पक्राउ गरेको छ । क्षिरेश्वरनाथ नगरपालिका-६ सखुवा चोकमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषाबाट ट्राफिक सहित खटिएको प्रहरीले ज.१२ प ५०१४ नम्बरको मोटरसाइकललाई हेलमेट ...
-
आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ
कास्की । आफ्नै ४७ वर्षीया श्रीमती देवी जिसी बिकको कुटपिट गरी हत्या गरेको अभियोगमा पोखरा महानगरपालिका–२६ बरालडाँडा उपरजरे बस्ने ४९ वर्षीय देब बहादुर बिकलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । देव बहादुरले शनिबार कुटपिट गर्दा गम्भीर घाइते भएकी उनकी श्रीमतीको पश्चिम क्षेत्रीय अस्पताल पोखरामा उपचारको क्रममा आइतबार मृत्यु भ...
-
माछा मार्ने क्रममा करेन्ट लाग्दा एक युवकको मृत्यु
भोजपुर । भोजपुरको पिखुवाखोलामा माछा मार्ने क्रममा करेन्ट लाग्दा एक युवकको ज्यान गएको छ । करेन्ट लगाएरमा माछा मार्ने क्रममा पिखुवा हाइड्रोपावरमा काम गर्ने मजुदर महेन्द्रनगरका ३४ वर्षीय रामबहादुर आलेमगरको सोमबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख कृष्णकुमार चन्दले जानकारी दिए। उनले भने, “माछा मार्ने क्रममा पि...
-
रहेनन् मोहन्याल गाउँपालिकाका अध्यक्ष रावल
कैलाली । कैलालीको चुरे पहाडी क्षेत्र मोहन्याल गाउँपालिकाका प्रमुख नवलसिंह रावलको ७७ वर्षको उमेरमा निधन भएको छ । उच्च रक्तचाप लगायतका रोगले ग्रसित उनको काठमाडौँस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारका क्रममा आज विहान निधन भएको उनका स्वकीय सचिव नरेन्द्र थापाले जानकारी दिए । मोहन्याल सोल्टास्थित आफ्नै घरमा केही दिन अघि...
-
पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु
बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित राप्ती नदीमा पौडी खेल्ने क्रममा डुबेर एकजनाको मृत्यु भएको छ । पौडी खेल्नेक्रममा नदीमा डुबेर हराएका राप्तीसोनारी गाउँपालिका–५ बिनौना स्थित चिलहरिया गाउँ निवासी २१ वर्षीय दिपक वैश्यको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिए ...
-
जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
मोरङ । मोरङ मिक्लाजुङ गाउँपालिका-६ मा जंगली हात्तीले आक्रमण गर्दा सोमबार राति एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा थामीझोडाका ५० वर्षीय यामबहादुर बोहरा छन्। राति १० बजे छिमेकीको घरबाट टेलिभिजन हेरेर घर फर्केन क्रममा जंगलबाट आएका तीन वटा जंगली हात्तीले उनलाई कुल्चेका थिए। गम्भीर घाइते भएका बोहराको उपचारको लागि लैजाँ...
-
वडाध्यक्ष र सदस्यबीच द्वन्द्व हुँदा करोडौंको खानेपानी योजना रद्द
खोटाङ । वडाध्यक्ष र सदस्यबीचको विवादका कारण खोटाङको ऐँसेलुखर्क गाउँपालिका–२ बाकाचोलमा करोडौँको खानेपानी योजना रद्द गर्नुपर्ने अवस्था सिर्जना भएको छ । बाकाचोलस्थित बिस्कामखोला मुहान भएको माथिल्लो खानेपानी योजनामा वडाध्यक्ष सन्तवीर तामाङले समन्वय नगरी बिस्कामखोलाको पानी अन्यत्र लैजान अनुमति दिएको भन्दै असन्तुष्ट बनेका...
-
अमर्यादित होली खेल्ने ११ युवा पक्राउ
कपिलवस्तु । कपिलवस्तुमा सोमवार अमर्यादित ढंगले होली खेलेको आरोपमा प्रहरीले ११ जना युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जबरजस्ती रंग दल्ने, अमर्यादित रुपमा होली खेल्नेहरू रहेका छन् । यस्तै सवारी नियम उलंघन गर्ने २ सय ११ वटा मोटरसाइकल र १० वटा अटो रिक्सा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको ...