बेनी । गयराती परेको अविरल बर्षा संगै आएको बाढी पहिरोले म्याग्दीको बेनी नगरपालिका–७,मंगलाघाटमा ठुलो भौतिक क्षती पु¥याएको छ । बेनी–पाखापनी सडक खण्ड अन्तर्गत खोल्सामा आएको बाढी पहिरोले माउण्ट एभरेष्ट आवासिय मावि सहित मंगलाघाट बस्तीका दश घरमा क्षती पु¥याएको हो । बस्तीमा बाढी पसेपछि मंगलाघाट बासी त्रसित बनेका छन् । ...
म्याग्दी
-
-
पात्लेखर्कमा पहिरोले दुई घर विस्थापित
बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–८,पात्लेखर्कमा पहिरोले दुई घरमा क्षती पु¥याएको छ । गयराती परेको अविरल बर्षाका कारण पात्लेखर्कका पृथीराज पुन र हंसविर पुनको घरमा क्षती पु¥याएको हो । घरमा क्षती पु¥याएपछि पृथीराज र हंसविरका परिवार छिमेकीको खेतमा अस्थाई पालको टहरा बनाएर बस्न बाध्य भएका छन् । जमिन भासिएका कारण द...
-
बेनी अस्पतालको ल्याबमा नयाँ मेशिन जडान ,एक पटकमा सय बढी नमुना परिक्षण गर्न सकिने
बेनी । म्याग्दीको बेनी अस्पतालको ल्याबमा नयाँ मेशिन जडान गरिएको छ । सुदिप इन्टरनेशनल र ब्रदर्श सर्जिकल (निलु शर्मा बागलुङ्ग)को संयुक्त सहयोगमा १७ लाख रुपैयाँ बराबरको नयाँ फुल्ली अटो एनलाइजर मेशिन जडान गरिएको बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेल बहादुर कटुवालले जानकारी दिनुभयो । उहाँका अनुसार नयाँ मेशिन ल्याबमा ...
-
मर्मतपछि संचालनमा आयो बाढीले भत्काएको गलेश्वरको बेलिब्रीज (फोटो/भिडिओ सहित )
म्याग्दी । बेनी –जोमसोम सडक आयोजना अन्तर्गतको गलेश्वर स्थित बेलीब्रिज संचालनमा आएको छ । गत असार २६ गते रघुगंगा नदीमा आएको बाढीका कारण भत्किएको गलेश्वर स्थित बेलिब्रिज मंगलबार देखि सञ्चालनमा आएको हो । बेनी – जोमसोम– कोरोला सडक आयोजनाले ब...
-
७ जिल्लामा सिडिओ फेरिए, म्याग्दीमा अधिकारी
काठमाडौँ । सात जिल्लामा सिडिओ फेरिएका छन् । गृहमन्त्रालयले ७ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ )सहित १६ जना सहसचिव र उपसचिवको सरुवा तथा पदस्थापना गरेको हो । गृहमन्त्री रामबहादुर थापाले आइतबार साँझ ७ जिल्लाका प्रजिअ सहित १६ जना अधिकारीहरुको सरुवा तथा पदस्थापना गर्नुभएको हो । गृह मन्त्रालयमा कार्यरत केही सहस...
-
मुख्यमन्त्री गुरुङ्गद्धारा बेनी अस्पतालको डायलाइसिस सेवाको उद्धघाटन
बेनी । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले बेनी अस्पतालमा सञ्चालित हेमो डायलाइसिस सेवाको उद्घाटन गर्नुभएको छ । आइतबार बेनी अस्पतालमा सञ्चालित हेमो डायलाइसिस सेवाको उद्धघाटन गर्न म्याग्दी आउनुभएका मुख्यमन्त्री गुरुङले प्रदेश सरकार जनताको जिवन रक्षाका लागि प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले प्रदेशको राजधान...
-
युवा नेता ढकाल सहित चार जना नेकपा परित्याग गरी कांग्रेसमा प्रवेश
बेनी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा),म्याग्दीका युवा नेता बलभद्र ढकाल सहित चार जना पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ । नेकपा म्याग्दीका प्रभावशाली युवा नेता ढकाल सहित जिल्लाको बेनी नगरपालिका–३, भकिम्ली निवासी समाजसेवी एवम् वैदेशिक रोजगार व्यवसायी भीमबहादुर रोका ,ट्रक ब्यवसायी महासंघका अध्यक्ष ...
-
मकै र धानबालीमा सलहको झुण्ड
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटको तमाने र खबरा क्षेत्रमा सलहले मकै तथा धानबाली नष्ट गरेको छ । एक महिनाअघि धवलागिरि हिमालको फेदीतिर देखिएको सलह यतिबेला तल्लो म्याग्दीको समथरफाँटमा छपक्कै देखिएको छ । सलहले बालीनाली नष्ट गरेपछि यहाँका किसान चिन्तित भएका छन् । पश्चिम म्याग्दीको मालिका, मङ्गला र ब...
-
नेपाल महिला संघको ७३ औँ स्थापना दिवस म्याग्दीमा पनि मनाइयो
बेनी ।नेपाल महिला संघको ७३ औँ स्थापना दिवस म्याग्दीमा पनि मनाईएको छ । नेपाली कांग्रेसको भातृ संगठन नेपाल महिला संघ,म्याग्दीको बेनीमा एक कार्यक्रमका बिच स्थापना दिवस मनाइएको हो । स्थापना दिवसको उद्घाटन गदैं पूर्व सभापति एवम् संविधानसभा सदस्य रेशम बहादुर बानियाँ देशका हरेक आन्दोलनमा महिलाको योगदान रहेको बताउनुभयो...
-
कलेजो रोगी दर्जीलाई समाजसेवी गौचनद्धारा आर्थिक सहयोग,उपचारमा सहयोग गर्न अपिल
बेनी । कलेजो रोगबाट पीडित धवलागिरी गाउँपलिका–७ की अनिता दर्जीलाई नेपाली कांग्रेस, म्याग्दीकी नेतृ तथा समाजसेवी विमला गौचनले आर्थिक सहयोग गर्नुभएको छ । लामो समयदेखी कलेजो रोगबाट पीडित दर्जीलाईको आर्थिक अवस्था कमजोर भएकै कारण उपचार हुन सकेन । समाजसेवी तथा नेतृ गौचनले कलेजोको शल्यक्रियाका लागि पीडित दर्जीलाई दश हजार रुपै...


























