बेनी अस्पतालको ल्याबमा नयाँ मेशिन जडान ,एक पटकमा सय बढी नमुना परिक्षण गर्न सकिने

बेनी । म्याग्दीको बेनी अस्पतालको ल्याबमा नयाँ मेशिन जडान गरिएको छ । सुदिप इन्टरनेशनल र ब्रदर्श सर्जिकल (निलु शर्मा बागलुङ्ग)को संयुक्त सहयोगमा १७ लाख रुपैयाँ बराबरको नयाँ फुल्ली अटो एनलाइजर मेशिन जडान गरिएको बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेल बहादुर कटुवालले जानकारी दिनुभयो । उहाँका अनुसार नयाँ मेशिन ल्याबमा प्रयोगमा ल्याइएको हो ।

सहयोगदातालाई व्यबस्थापन समितिका अध्यक्ष कटुवालले धन्यवाद व्यक्त गर्नुभयो । नयाँ मेशिन जडान पछि नमुना परिक्षणमा सहज भएको ल्याबका इन्चार्ज याम थापाले बताउनुभयो । पहिलेको अटो एनलाइजर मेशिनमा एक पटकमा एक नमुना परिक्षण गरिदै आएकोमा नयाँ मेशिनमा एक पटकमा सय बढी नमुना परिक्षण गर्न सकिन्छ । मेशिन स्वचालित भएकाले प्राविधिकलाई काम गर्न सहज हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार