बेनी ,आइतबार चैत ०२ गते । जिल्लाको उत्तरी अन्नपूर्ण गाउपालिका–६ खिवाङमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । शनिबार राती परेको चट्याङ लागेर गम्भीर घाइते २६ वर्षीय रवीन पुन र ४१ वर्षीय यमकुमारी गर्बुजाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । प्रहरीका अनुसार राती ९बजे बेनी अस्पताल ल्याइएका ...
राष्ट्रिय
-
-
पहिलो कमेडी च्याम्पियनको उपाधी धादिङका पन्तलाई
काठमाडौं ,शनिबार चैत ०१ गते । धादिङका हिमेश पन्तले पहिलो कमेडी च्याम्पियन बनेका छन् । धादिङको थाक्रेमा जन्मिएका हिमेश कान्तिपुर टेलिभिजनबाट प्रशारित रियालिटि शो कमेडी च्याम्पियनको च्याम्पियन बनेका हुन् । नेपालमा पहिलो पटक आयोजना भएको कमेडी च्याम्पियनमा उपाधिका लागि इटहरीका सुमन कोइराला, रोल्पाका खड्गबहादुर पुन...
-
डोल्पामा घर भत्किँदा दिदी बहिनीको मृत्यु
डोल्पा ,शनिबार चैत्र ०१ गते । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका ४ को रङ्ग गाउँमा घर भत्किदा एकै घरका दुईको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् । शुक्रबार रातिदेखि परेको पानी र हिमपातले घर घर भत्केर १२ वर्षीया मञ्जु बुढा र दुई वर्षीया लक्ष्मी बुढाको मृत्यु भएको प्रहरी चौकी त्रिपुराकोटले जानकारी दिएको छ...
-
डम्मरामा सिलाई कटाई तालिम सुरु
बेनी, शनिबार चैत ०१ गते । म्याग्दीको बेनी नगरपालिका–६ डम्मरामा तीन महिने सिलाई कटाई तालिम सुरु भएको छ । सिटिइभिटी अन्तरगत अन्नपूर्ण बहुप्राबिधिक शिक्षालयको सहयोगमा अपांग संघ म्याग्दी र वौद्धिक अपांग अभिभावक संघ म्याग्दीको आयोजनामा मंगलबारदेखी सो तालीम तालिम सुरु भएको हो । जिल्लाको बेनी नगरपालिका, मंगला, र...
-
प्रधानमन्त्री ओली डिस्चार्ज
काठमाडौं,शुक्रबार फागुन ३० गते । प्रधामन्त्री केपी शर्मा ओलीलाई आज (शुक्रबार) अस्पतालबाट डिस्चार्ज गरिएको छ । ओलीलाई शुक्रबार साँझ ६ बजे महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज गरिएको हो । डिस्चार्जपछि उनी बालुवाटारस्थित प्रधामन्त्रीकाे सरकारी निवासमा फर्किएका हुन् । प्रधानमन्त्री डिस्चार्ज हुनुअघि...
-
बाँस्कोटामाथि अख्तियारले छानविन गर्नुपर्ने सांसदहरुको माग
काठमाडौँ,शुक्रबार फागुन ३० गते । संसदको सार्वजनिक लेखा समितिमा सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा मुछिएका पूर्वमन्त्री गोकुल बाँस्कोटामाथि अख्तियारले छानविन गर्नुपर्ने आवाज उठेको छ । शुक्रबार बसेको समितिको बैठकमा सांसदहरुले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोडको कमिसन डिलको अडियो सार्वजनिक भएक...
-
कोरोनाका कारण श्रम स्वीकृति अनिश्चितकालका लागि बन्द
काठमाडौं ,शुक्रबार फागुन ३० गते। सरकारले वैदेशिक रोजगारीका लागि दिने गरेको श्रम स्वीकृति बन्द गरेको छ । वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहालले अर्को सूचना जारी नभएसम्मका लागि श्रम स्वीकृति बन्द गरिएको बताए । वैदेशिक रोजगार कार्यालयले श्रम स्वीकृति स्थगन गरिएको भन्दै सूचना जारी गरेको छ । सूचनामा ...
-
पर्यटक १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने सरकारको निर्णय
काठमाडौं,शुक्रबार फागुन ३० गते । सरकारले नेपाल भ्रमणका लागि आउने पर्यटकका लागि १४ दिन सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने निर्णय गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले नेपाल आउने विदेशीलाई १४ दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्ने निर्णय गरिएको जानकारी दिए । कोरोना भाइरसको रोकथाम र संक्रमण र...
-
एकता पछि राप्रपाका तीनै अध्यक्षले गरे पदभार ग्रहण
काठमाडौं ,विहिबार फागुन २९ गते । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षत्रयले बिहीबार पदभार ग्रहण गरेका छन् । राप्रपाको पार्टी कार्यालय चाबहिलमा अध्यक्षत्रयले पदभार गरेका हुन् । पदभार ग्रहणपछि अध्यक्ष कमल थापाले राप्रपालाई कांग्रेस र कम्युनिष्ट सरह देशको प्रमुख राजनीतिक शक्तिका रुपमा स्थापित गर्ने लक्ष्यका पार्टी ए...
-
लोक दोहोरी दिवसको अवसरमा खत्रीलाई आर्थिक सहयोग
अमित बिश्वकर्मा बेनी , विहिबार फागुन २९ गते । राष्ट्रीय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीले बेनी नगरपालिका– ५ पुलाचौर निवासी इश्वरी खत्रीलाई आर्थिक सहयोग प्रदान गरेको छ । प्रतिष्ठान नेपालको १९ औँ स्थापना दिबसको अबसरमा बिहिबार एक कार्यक्रमको आयोजना गरि नगद १८ हजार ५ सय ७० रुपैयाँ सहयोग प्रदान गरेको हो । ...