नेपालमा थप ४२५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं ,आइतबार जेठ ३२ गते । नेपालमा थप ४२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बितेको २४ घण्टामा थपिएका क्रमितमा ३७५ पुरुष र ५० जना महिला रहेका छन् ।

योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको कूल संख्या ५ हजार ७६० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गाैतमले आइतबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिनुभएको हो ।

उहाँका अनुसार पुरुष ५३२४ र महिला ४३६ रहेका छन् । हालसम्म नेपालमा कोरोना निको हुनेको कूल संख्या ९७४ पुगेको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार