थप २७३ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या ५३३५ पुग्यो

काठमाण्डौं ,शनिबार जेठ ३१ गते ।

शनिबार नेपालमा थप २७३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।
शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बितेको २४ घण्टामा थप ३३५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिनुभएको हो ।

संक्रमतिमा २४७ जना पुरुष र २६ जना महिला रहेका छन् । योसँगै कूल संक्रमितको संख्या ५ हजार ३३५ पुगेको छ ।नेपालमा निको हुनेको संख्या ९१३ पुगेको उहाँले बताउनुभयो । डा. गौतमका अनुसार हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार