गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना पुष्टि

पोखरा ,शनिबार जेठ ३१ गते । पर्वत सहित गण्डकी प्रदेशका दुई जिल्लामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार पर्वतका ४ पुरुष र नवलपरासी जिल्ला (बर्दघाट सुस्ता पूर्व)का एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

संक्रमण देखिनेहरुमा पर्बतको कुश्मा नगरपालिकाको क्वारेन्टिनमा रहेका ६ बर्षीय बालक र १७ बर्षीया महिला, जलजला गाउँपालिकाका १७ बर्षीय १ पुरुष, महाशिला गाउँपालिकाका १६ बर्षीय १ पुरुष तथा नवलपरासी जिल्ला (बर्दघाट सुस्ता पूर्व), मध्यबिन्दु नगरपालिकाको क्वारेन्टिनमा रहेका ४५ बर्षीय १ जना पुरुष रहेको निर्देशनालयले जनाएको छ ।यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १९७ पुगेको छ।संक्रमित मध्ये ११ जना निको भइ घर फर्किसकेका छन् ।

निर्देशनालयका अनुसार पर्बतका संक्रमितहरुलाई पर्वत जिल्ला अस्पताल र नवलपरासीका संक्रमितलाइ रजहर स्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आइसोलेसन कक्षमा लैजाने तयारि गरिएको छ । गण्डकी प्रदेशमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार