लघुजलविद्युत आयोजना बन्द हुँदा खबाङ्ग सिस्नेरीबासी अन्धकारमा,पहिरोले खानेपानीको मुहान भत्कायो

बेनी ,शनिबार जेठ ३१ गते ।
म्याग्दीको मालिका गाउँपालिका–४,खबाङ्ग सिस्नेरी स्थित महखाेला लघु जलविद्युत परियोजना बन्द हुँदा उपभोक्ता अन्धकारमा बस्न बाध्य भएका छन् । चैत २२ गतेदेखी विद्युत गृहको जेनेरेटरमा समस्या आएपछि विद्युत उत्पादन बन्द भएको स्थानीय नन्दराज बुढाथोकीले जानकारी दिनुभयो ।

उहाँका अनुसार ५ किलोवाट क्षमताको लघुजलविद्युत परियोजना बन्द हुँदा साविक ओखरबोट गाविस वडा नं. ५ का करिब ५६ घरधुरी अन्धकारमा बस्न बाध्य भएका छन् भने मोबाइल ,टेलिफोन तथा इन्टरनेट सेवा थप्प भएको छ । पानी मिल पनि बन्द भएको छ । विद्युत आपुर्ती सेवा सुचारु गर्न सम्बन्धीत निकायमा पहल गर्ने काम भइरहको छ ।वि.सं. २०६० सालमा सो लघुजलविद्युत परियोजना निर्माण भइ उत्पादन सुरु भएको थियो ।

साथै गयराती गएको पहिरोले बन्दरमुल खानेपानीको आयोजनाको मुहान बगाएको छ । खानेपानीको मुहान बगाएपछि थाप्ले र सिस्नेरी गाउँमा खानेपानीको अभाव श्रृजना भएको बुढाथोकीले जानकारी दिनुभयो । उहाँका अनुसार गयराती परेको बर्षाका कारण पहिरो जाँदा मुहान भत्काउनुका साथै केही मिटर पाइप बगाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार