काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस केन्द्रीय समितिको दोस्रो दिनको बैठक सुरु भएको छ । बैठक पार्टी कार्यालय सानेपामा शुरु भएको हो ।बैठकमा चुनावी प्रचार अभियानमा खटिएका केन्द्रीय सदस्यले आफू गएको जिल्लाको वस्तुगत अवस्था जानकारी गराउँदै छन् । त्यसका लागि केन्द्रीय सदस्यलाई ५ मिनेटको समय उपलब्ध गराइएको कांग्रेसले जना...
राजनिति
-
-
रुसी हमला रणनीतिक रुपमा बिफल : बाइडेन
एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनमाथि रुसी हमला मस्कोका लागि ‘रणनीतिक रुपमा बिफल’ भएको बताउँदै रुसी राष्ट्रपति भ्लादिमिर पुटिन शक्तिमा रहन नसक्ने बताउनुभएको छ । राष्ट्रपति बाइडेनको टिप्पणीको रुसी प्रशासन क्रेमलिनले निन्दा गरेको छ । आफ्ना राष्ट्रपति छान्ने अधिकार आफूहरूलाई मात्र बताएको क्रेमलिनले जनाएक...
-
जनक शिक्षालाई २ करोड मतपत्र छाप्न दिने आयोगको निर्णय
काठमाडौँ । निर्वाचन आयोगले जनक शिक्षा सामग्री केन्द्रलाई २ करोड मतपत्र छपाई गर्न दिने निर्णय गरेको छ । आयोगले मतपत्र छपाइका लागि तयारी गर्न पनि केन्द्रलाई निर्देशन दिइएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । यही चैत १४ देखि मतपत्र छपाई सुरु गर्ने तयारी भएको छ । हिमाली तथा दुर्गम जिल्लाका लागि अल...
-
चिनियाँ विदेशमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज बिहान भेटवार्ता भएको छ । चिनियाँ विदेशमन्त्रीलाई भेट्न ओली नक्शालस्थित होटल मेरियट पुग्नुभएको छ । त्यही होटलमा चिनियाँ विदेशमन्त्री र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच पनि भेटवार्ता हुँदै छ । तीन दिने नेपाल भ्र...
-
जनप्रतिनिधिको उम्मेद्वारीबारेको रिटमा अन्तरिम आदेशबारे छलफल हुँदै
काठमाडौँ । सर्वोच्च अदालतमा जनप्रतिनिधिहरूले राजीनामा दिएर मात्र उम्मेद्वार बन्न पाइने निर्वाचन आचारसंहिताविरूद्ध दायर रिटबारे अन्तरिम आदेश दिनेरनदिने भन्ने विषयमा आइतबार छलफल हुँदै छ । छलफलमा रिटको पक्ष र विपक्षी दुवै सहभागी हुनेछन् । रिटको पक्ष सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पा हुनु...
-
देशैभरका स्थानीय तहमा तोकियो निर्वाचन अधिकृत
काठमाडौँ । वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि देशैभरका विभिन्न स्थानमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरिएको छ । निर्वाचन आयोगको सूचना अनुसार चैत २९ गतेदेखि लागू हुने गरी मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत पदमा नियुक्त गरिने छ । ...
-
सांसदमाथि भएको आक्रमणबारे छानबिन गर्ने गृहमन्त्रीको प्रतिबद्धता
काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले सर्लाहीको ईश्वरापुर नगरपालिका–६ मा जनता समाजवादी पार्टीका प्रमुख सचेतक सांसद प्रमोद साहमाथि भएको साङ्घातिक आक्रमणको छानबिन गरिने बताउनुभएको छ । शनिबार आक्रमणमा घाइते भएका साहलाई मेडिसिटी अस्पतालमा भेट गरेपछि गृहमन्त्री खाँणले घटनाको छानबिन गरी दोषीउपर कारबाही गर्नै प्रतिबद्धता ज...
-
नेपाललाई भूराजनीतिक खेलमा समेल गराउने प्रयासको विरोध गर्छौं : चिनियाँ विदेशमन्त्री
काठमाडौं । चीनले नेपाललाई भूराजनीतिक खेलमा सामेल गराउने प्रयासको विरोध गर्ने बताउनुभएको छ । नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले नेपाली समकक्षी नारायण खड्कासँग भएको भेटमा नेपालको मामिला नेपालीहरुले नै तय गर्नुपर्ने बताउनुभएको हो । ‘नेपालको सम्प्रभुता र स्वतन्त्रता कमजोर पार्ने, अन्तरिम मामिलामा हस्तक्षे...
-
राष्ट्रपति र चिनियाँ विदेशमन्त्रीबीच भेटवार्ता
काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ । राष्ट्रपति भण्डारीलाई भेट्न विदेशमन्त्री वाङ शीतल निवासमा पुग्नुभएको थियो । वाङले स्वदेश फर्किनुअघि आजै एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग पनि छुट्टाछुट्टै ...
-
अब पोखरा संसारसँग जोडिने छ : मन्त्री आले
पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले संसारका पर्यटकको आकर्षणको केन्द्र पोखरालाई अब पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले संसारसँग जोड्ने बताउनुभएको छ । चीन सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नेपाललाई हस्तान्तरण गरेसँगै शनिबार सो विमानस्थल निर्माण कम्पनीलाई कदरपत्र प्रदान गर्दै उहाँले ...













