• एमसिसीविरूद्ध परेको रिट सर्वोच्चले गर्‍यो दरपीठ

    काठमाडौं । संसदमा टेबल भएको अमेरिकी सहयोग परियोजना एमसिसीविरूद्ध सर्वोच्च अदालतमा परेको रिट प्रशासनले दरपीठ गरेको छ। नीतिगत विषयमा अदालत प्रवेश गर्न नमिल्ने भन्दै प्रशासनले दरपीठ गरेको वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले बताउनुभयो। उहाँले दरपीठविरूद्ध अर्को निवेदन दिँदैछन्।सोमबार वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले...

  • आगामी अधिवेशनमा चारवटा विधेयक टेबल गर्ने तयारी

    पोखरा । गण्डकी प्रदेशसभाको आगामी अधिवेशनमा चारवटा विधेयक पेश हुने भएको छ। गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन अब केही दिनमा आह्वान हुँदैछ। तर कहिले शुरु हुने भन्ने टुंगो लागेको छैन। हिउँदे अधिवेशन आह्वान हुनुपर्ने भएपनि सरकारले प्रदेश प्रमुख समक्ष मिति सिफारिस नगरेका कारण अधिवेशनको टुंगो लाग्न नसकेको हो। आगामी अधिवेश...

  • युक्रेनबाट अलग भएका क्षेत्रहरूको रुसी मान्यतालाई संयुक्त राष्ट्रको बडापत्रसँग असङ्गत : संयुक्त राष्ट्रसंघ

    काठमाडौँ । डोनेट्स्क र लुहान्स्क जन गणतन्त्र (डीपीआर र एलपीआर) को स्वतन्त्रतालाई मान्यता दिने रुसको निर्णय युक्रेनको क्षेत्रीय अखण्डता र सार्वभौमसत्ताको उल्लङ्घन भएको संयुक्त राष्ट्रसंघका महासचिवका प्रवक्ता स्टेफेन डुजारिकले टिप्पणी गर्नुभएको छ। रुसको सो निर्णय संयुक्त राष्ट्रसंघको बडापत्र र युक्रेनको सार्वभौमिकताको...

  • पार्टी निर्णयविपरीत बोल्ने रावललाई स्पष्टीकरण सोध्नुपर्छ : बस्नेत

    धनगढी । नेकपा (एमाले)का केन्द्रीय सदस्य महेश बस्नेतले पार्टीको निर्णयविपरीत संसद्‌मा आफ्ना धारणा राखेको भन्दै नेता डा.भीम रावललाई स्पष्टीकरण सोधिनुपर्ने बताउनुभएको छ । प्रेस चौतारी नेपाल कैलालीले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा बस्नेतले संसद्को नियमविपरीत रावललाई बोल्न दिइएकोमा सभामुखसँग पनि आपत्ति जनाउनुभयो ...

  • प्रदेश १ को नाम पहिचानसहितको हुनुपर्ने जसपाको जोड

    विराटनगर । जनता समाजवादी पार्टी (जसपा)ले प्रदेश १ को नाम ‘किरात–लिम्बुवान–मधेस–शेपालुङ प्रदेश’ राख्न माग गरेको छ । जसपा प्रदेश १ समितिका अध्यक्ष प्रवीण चाम्लिङले विज्ञप्ति प्रकाशित गर्दै नामकरण पहिचानको आधारमा हुनुपर्नेमा जोड दिनुभएको हो । उहाँले आज बस्ने सर्वदलीय बैठकमा आफ्नो तर्फबाट ‘किरात–लिम्बुवान–मधेस–शेपालुङ प...

  • मन्त्री भारत गएपछि मधेस प्रदेशसभा बैठक १२ दिनका लागि स्थगित

    धनुषा । आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साह पारिवारिक भ्रमणमा भारत गएपछि मधेस प्रदेशसभा बैठक १२ दिनका लागि स्थगित हुन पुगेको छ । प्रदेश प्रहरी ऐन कार्यान्वयनसम्बन्धी संकल्प प्रस्तावमाथि छलफल गर्न १० फागुनका लागि बोलाइएको बैठक मन्त्री साह अनुपस्थित हुने भएपछि २२ गतेसम्मका लागि स्थगित हुन पुगेको हो । ‘आफैँ ...

  • निर्वाचन आयोगले सरकारसँग माग्यो ८ अर्ब ९५ करोड

    काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन गर्न सरकारसँग ८ अर्ब ९५ करोड रुपैयाँ माग गरेको छ । वैशाख ३० मा हुन लागेको निर्वाचनमा मतपत्र छपाइ, ढुवानी, मतदान स्थलमा आवश्यक सामग्री, कर्मचारीको तलब भत्ताको लागि सोमबार अर्थ मन्त्रालयसँग ८ अर्ब ९५ करोड २९ लाख ४ हजार १ सय १२ रुपैयाँ माग गरेको आयोगले जनाएको छ । कोभिडको...

  • रुसमाथि प्रतिबन्ध लगाउन अमेरिकासँग युक्रेनको माग

    न्युयोर्क । युक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबाले रसियामाथि तत्काल प्रतिबन्ध लगाउन माग गर्नुभएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिनकेनसँग उहाँले यस्तो माग गर्नुभएको हो । रुसले युक्रेनको विखन्डनकारीले नियन्त्रणमा लिएको दुई ओटा क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिँदै त्यहाँ ‘शान्ति सेना’ पठाउने घोषणा गरेपछि व...

  • पर्यटनमा सघाइदिन बेलायती राजदुतसँग मुख्यमन्त्रीको आग्रह

    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बेलायती राजदूत निकोला क्याथरिन पोलिटसँग गण्डकी प्रदेशको दीगो पर्यटनमा सहयोग गरिदिन आग्रह गर्नुभएको छ । मुख्यमन्त्री कार्यालयमा भएको भेटमा पोखरेलले गण्डकीको विकासको प्रमुख आधार पर्यटन भएकोले यसको विकास अपरिहार्य रहेको बताउनुभयो । बेलायतले नेपालको विकासम...

  • प्रदेश १ को नामकरणबारे छलफल गर्न आज सर्वदलीय बैठक

    विराटनगर । ६ वटै प्रदेशले आफ्नो नाम राखिसक्दा पनि अलमलमा रहेको प्रदेश १ मा आज सोही विषयमा सर्वदलीय बैठक आह्वान गरिएको छ । प्रदेश संसद गठन भएको ४ वर्ष वितिसक्दा पनि नमाकरणको टुंगो लाग्न सकेको छैन । प्रदेश १ सरकारको तर्फबाट आज सर्वदलीय बैठक आह्वान भएको हो । विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा दिउँसो ...