काठमाडौँ । सत्तारूढ गठबन्धनले अमेरिकी सहयोग परियोजना एमसिसी व्याख्यात्मक टिप्पणीसहित संसदबाट पारित गर्ने निर्णय गरेको छ। आइतबार बिहान बालुवाटारमा बसेको चार दलका शीर्ष नेताहरूको बैठकले एमसिसी व्याख्यात्मक घोषणासहित पारित गर्ने निर्णय गरेको नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले जानकारी दिनुभयो। सेतोपाटीबाट...
समाचार
-
-
दुई घण्टाअघि नै संसद भवन पुग्न आफ्ना सांसदलाई कांग्रेसको ह्विप
काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसले आफ्ना पार्टीका सांसद्लाई आइतबार बिहान ११ बजेभित्रै संसद भवनमा पुग्न निर्देशन दिएको थियो । तर, अहिले पनि सांसदहरू आउने क्रम चलिरहेको छ । आइतबार दिउँसो १ बस्ने प्रतिनिधिसभा बैठकमा सहभागी हुनु दुई घण्टाअघि नै बैठकमा उपस्थित हुन ह्विप जारी गरेको हो । निर्देशनअनुसार कांग्रेसका धेरैजस...
-
एमसीसीबारे ‘ब्याख्यात्मक टिप्पणी’मा महराको पनि आपत्ति
काठमाडौँ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लाई व्याख्यात्मक टिप्पणीसहित पारित गर्ने माओवादी केन्द्रको निर्णयमा पूर्वसभामुख कृष्णबहादुर महराले पनि आपत्ति जनाउनुभएको छ । व्याख्यात्मक प्रस्ताव भनेर राष्ट्रघाती एमसीसीलाई पारित गर्न नहुने उहाँको अडान छ । माओवादी केन्द्रको आइतबार बसेको केन्द्र...
-
व्याख्यात्मक टिप्पणीले नोक्सानमात्र गर्छ : पोखरेल
काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता लीलामणि पोखरेलले एमसीसीबारे व्याख्यात्मक टिप्पणीसहित अनुमोदन गर्नु गम्भिर आपत्तिको विषय भएको बताउनुभएको छ। एमसीसीबारे सहमति जुटाउन बसेको माओवादी बैठकमा नेता पोखरेलले व्याख्यात्मक टिप्पणीको गम्भिर प्रतिवाद गर्नुभएको हो । बैठकपछि पोखरेलले भन्नुभयो, ‘व्याख्यात्मक टिप्पणी’सहित एमस...
-
प्रचण्ड र नेपाल भेडाको खोल ओढ्ने ब्वाँसा हुन : भट्टराई
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा), नेपालका संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई ‘भेडाको खोल ओढ्ने ब्याँसा’को संज्ञा दिनुभएको छ । अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज ...
-
बालुवाटारमा गठबन्धनको बैठक बस्दै, खुमलटारमा माओवादी केन्द्रको पूर्व स्थायी कमिटी सदस्यको बैठक जारी
काठमाडौं । एमसिसीबारे अन्तिम सहमति गर्न सत्ता गठबन्धनको बैठक बस्दैछ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहान १० बजे बैठक बस्न लागेको हो।बैठकमा उपस्थित हुने सत्ता साझेदारका नेताहरू बालुवाटार आउनेक्रम जारी छ। एमसिसीबारे आफ्नो पार्टीको धारणा बनाउन माओवादी केन्द्रको पूर्व स्थायी कमिटी सदस्यहरूको बैठक बसिरहेको छ। माओवादी क...
-
व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने माओवादीको निर्णय
काठमाडौं । नेकपा माओवादी केन्द्रले अमेरिकी सहयोग परियोजना एमसीसीमा व्याख्यात्मक घोषणासहित संसदबाट अनुमोदन गर्ने निर्णय गरेको छ । आज बिहान प्रचण्ड निवास खुमलटारमा बसेको नेताहरुको बैठकले व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने निर्णय गरेको नेता वर्षमान पुन (अनन्त)ले जानकारी दिनुभयो । प्रचण्डको निवास खुमलटारमा क...
-
एमसीसीका कारण गठबन्धन भत्किन्छ, नयाँ सरकार बन्छ : पाण्डे
धनगढी । नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले एमसीसीका कारण सत्ता गठबन्धन भत्किने र नयाँ समीकरणमा सरकार बन्ने दाबी गर्नुभएको छ । प्रेस चौतारी नेपालले आइतबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उपाध्यक्ष पाण्डेले देशलाई निकास दिन वर्तमान गठबन्धन तोडिनु आवश्यक रहेको भन्दे एमसीसीका कारण न...
-
उत्तर कोरियाले फेरि गर्यो ब्यालेस्टिक मिसाइल परीक्षण
एजेन्सी । उत्तर कोरियाले फेरि मिसाइल परीक्षण गरेको छ। दक्षिण कोरियाली समाचार एजेन्सी योनहापका अनुसार उत्तर कोरियाले आइतबार बिहान मिसाइल परीक्षण गरेको हो । जापानको क्योडो न्युजले पनि उत्तर कोरियाले क्षेप्यास्त्र प्रहार गरेको उल्लेख गरेको छ। क्योडोको रिपोर्टमा भनिएको छ, ‘यो मिसाइल जापानको सागरतर्फ प्रक्षेपण गरिएको छ। ...
-
रुसी आक्रमणमा २५० को मृत्यु, १ लाख ६० हजार युक्रेनी विस्थापित
एजेन्सी । युक्रेनमा भएको रुसी हमलामा कम्तिमा २४० सर्वसाधरणको हताहत भएको राष्ट्रसंघले जनाएको छ । रुसी सेनाले युक्रेनका विभिन्न सहरहरुमा हमला गरिरहेको छ । राष्ट्रसंघका लागि मानवअधिकारसम्बन्धी उच्च आयुक्त (ओसीएचसीआर) ले युक्रेन हमलामा कम्तिमा २४० सर्वसाधारणको हताहत भएको जनाएको छ । घरहरू र महत्वपूर्ण पूर्वाधारमा क्षति प...






















