व्याख्यात्मक टिप्पणीले नोक्सानमात्र गर्छ : पोखरेल

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता लीलामणि पोखरेलले एमसीसीबारे व्याख्यात्मक टिप्पणीसहित अनुमोदन गर्नु गम्भिर आपत्तिको विषय भएको बताउनुभएको छ। एमसीसीबारे सहमति जुटाउन बसेको माओवादी बैठकमा नेता पोखरेलले व्याख्यात्मक टिप्पणीको गम्भिर प्रतिवाद गर्नुभएको हो ।

बैठकपछि पोखरेलले भन्नुभयो, ‘व्याख्यात्मक टिप्पणी’सहित एमसीसी अनुमोदन गर्ने विषयमा मैले प्रतिवाद गर्नुभयो ।’ व्याख्यात्मक टिप्पणीको कुनै अर्थ नभएको भन्दै उहाँले यसले देश र जनतालाई हित नगर्ने समेत बताउनुभयो । ‘यसले देश र जनताको भावनाको प्रतिनिधित्व गर्दैन । यसले देशलाई नोक्सानमात्रै हुन्छ’, पोखरेलको भनाइ छ । रातोपाटीबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार