रुसी आक्रमणमा २५० को मृत्यु, १ लाख ६० हजार युक्रेनी विस्थापित

एजेन्सी । युक्रेनमा भएको रुसी हमलामा कम्तिमा २४० सर्वसाधरणको हताहत भएको राष्ट्रसंघले जनाएको छ । रुसी सेनाले युक्रेनका विभिन्न सहरहरुमा हमला गरिरहेको छ । राष्ट्रसंघका लागि मानवअधिकारसम्बन्धी उच्च आयुक्त (ओसीएचसीआर) ले युक्रेन हमलामा कम्तिमा २४० सर्वसाधारणको हताहत भएको जनाएको छ ।

घरहरू र महत्वपूर्ण पूर्वाधारमा क्षति पुगेकोले सयौं मानिसहरू पानी र बिजुलीबाट बन्चित भएको ओसीएचसीआर जनाइएको छ । राष्ट्रसंघका अनुसार १ लाख ६० हजार युक्रेनी आन्तरिक रुपमा विस्थापित भएर अन्तर्राष्ट्रिय सीमा पार गर्न लागिरहका छन् । रुसी हमलामा ५० लाख मानिस शरणार्थी बन्न सक्ने युक्रेन सरकारको अनुमान छ ।

राजधानी किभभन्दा बाहिरी सहरमा रहेको भासीलकिभस्थिते तेल डिपो रुसी आक्रमणमा प्रभावित भएको छ । गोलाबारी र बम हमलामा क्षतिग्रस्त सो डिपोबाट विषालु धुँवा निस्किरहेको भन्दै राष्ट्रसंघले मानिसहरुलाई घरभित्रै बस्न आह्वान गरेको छ । राजधानी किभका बासिन्दाहरु यसअघि नै ज्यान जोगाउन भूमिगत आश्रयमा शरण लिइरहेका छन् । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार