• कोरोना रोकथाम तथा नियन्त्रणका लागि मालिका गाउँपालिकाद्धारा २० लाख रुपैयाँको कोष स्थापना

    बेनी ,विहिबार चैत १३ गते । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको नोबल कोरोना भाइरस (कोभिड –१९ ) को प्रकोप रोकथाम तथा नियन्त्रण गर्न म्याग्दीको मालिका गाउँपालिकाले २० लाख रुपैयाँको विपद व्यवस्थापन कोष स्थापना गरेको छ । गाउँपालिकाको केन्द्र दरबाङ्गमा बिहीबार बसेको पालिका स्तरीय विपद् व्यवस्थापन समितिको बैठकले कोरोनाको प...

  • एक जना कोरोना संक्रमित भेटिए

     काठमाडौं,बुधबार १२ गते  । नेपालमा कोरोना भाइरस (कोभिड-१९) को नयाँ संक्रमित भेटिएका छन् । यससँगै कोरोना संक्रमितको संख्या तीन पुगेको छ । टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालले पठाएको नमुनामा पोजेटिभ देखिएको हो । अनलाइनखबर ...

  • दाजुङखोला लघुजलविद्युत परियोजना मर्मत पछि विद्युत आपुर्ती सुरु

    म्याग्दी ,मंगलबार चैत ११ गते । म्याग्दीको मालिका गाउँपालिका –४ च्युरिबोट स्थित दाजुङ्गखोला लघुजलविद्युत परियोजना पछि विद्युत उत्पादन सुरु भएको छ । लघुजलविद्युत परियोजना मर्मत गर्नुपर्ने भएकाले गत फागुन २० गतेदेखी विद्युत उत्पादन पुर्ण रुपमा बन्द भएको थियो । उहाँका अनुसार गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका म...

  • अमेरिकामा कोरोना संक्रमित एक नेपालीको मृत्यु

    न्युयोर्क,मंगलबार चैत ११ गते । अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट एक नेपालीको मृत्यु भएको छ । अमेरिकाको न्युयोर्कमा ५० वर्षीय नेपाली अनिल लिम्बुको मृत्यु भएको नेपाली जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनेन्द्र नेम्बाङले जानकारी दिए । पाँचथरको रानीगाउँका अनिल १५ वर्षदेखि अमेरिकामा बस्दै आएका थिए । स्थानीय स...

  • डा.महावीर पुनले चिकित्सक र स्वास्थ्यकर्मीले लगाउने पिपिई बनाउने

    काठमाडौं ,मंगलबार चैत ११ गते । म्यागासेसे पुरस्कार प्राप्त डा.महावीर पुनले सञ्चालन गरेको राष्ट्रिय आविष्कार केन्द्रले चिकित्सक र स्वास्थ्यकर्मीले लगाउने प्रर्सनल प्रोटेक्टिभ इक्युप्मेन्ट पिपिई बनाउने भएका छन् । काठमाडौंको त्रिवि शिक्षण अस्पताल र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले आग्रह गरेपछि उनले पिपि...

  • मालिका गाउँपालिकाद्वारा आइसोलेशन वार्ड स्थापना

    कोरोना भाइरस विरुद्ध उच्च सतर्कता बेनी ,सोमबार चैत १० गते । नोबल कोरोना भाइरस (कोभिड–१९) विरुद्ध उच्च सतर्कता अपनाउने सिलसिलामा म्याग्दीको मालिका गाउँपालिकाले जनप्रिय माविको भवनमा आइसोलेशन वार्ड स्थापना गरेको छ । गाउँपालिकाले वडा नं ६दरबाङ्ग,छ्यारछ्यारे स्थित जनप्रिय माविको भवनमा नोबल कोरोना भाइरसबाट संक...

  • करेन्ट लागेर शिख तल्लो गाउँकी एक किशोरीको ज्यान गयो

    बेनी,सोमबार चैत १० गते । म्याग्दीको अन्नपूर्ण गाउपालिका–५ शिख तल्लो गाउँकी एक किशोरीको करेन्ट लागेर ज्यान गएको छ । १८ वर्षीया पार्वती पाइजाको उपचारका क्रममा बेनी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पाइजालाई आइतबार साँझ आफ्नै घरमा करेन्ट लागेको थियो । पोखरामा उच्च शिक्षा अध्ययन गर्दै आ...

  • म्याग्दी ‘लकडाउन’ ःसबैलाई सतर्कता अपनाउन आग्रह

    बेनी ,सोमबार चैत १० गते । कोरोना भाइरस कोभिड १९ फैलिन नदिन म्याग्दीमा सतर्कता अपनाइएको छ । विश्वभरी महामारीको रुपमा फैलिएको अवस्थामा जिल्ला समन्वय समिति म्याग्दीको आयोजनामा सोमबार बेनीमा बसेको सरोकारवाला निकायको बेठकले म्याग्दीलाई लकडाउन गर्ने निर्णय गरेको हो । सोमबार राती १० बजेदेखी छोटो तथा लामो दुरीको या...

  • काठमाडौमा एक जनामा कोरोना संक्रमण भएको पुष्टि

    काठमाडौ , सोमबार चैत १० गते । काठमाडौंमा कोरोना भाइरस संक्रमित बिरामी भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले फ्रान्सबाट नेपाल आएका विदेशी नागरिकमा कोरोनाको संक्रमण पुष्टि भएको सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । थप विवरण आउन बाँकी /अनलाइनखबर ...

  • जिल्ला प्रशासन सहित यी कार्यालयहरु खुलेपनि अत्यावश्यक बाहेकका सेवा बन्द हुनेछन्

    म्याग्दी ,आइतबार चैत ०९ गते ।  जिल्ला प्रशासन कार्यालय म्याग्दीसहित  सरकारी कार्यालयहरुले विश्वब्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ (कोरोना भाइरस)को संक्रमण फैलिन नदिन आइतबारदेखि अत्यावश्यक बाहेकका सेवा बन्द गरेका छन् । यसैगरी मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगरले सामाजिक संजाल मार्फत कोरोनाबाट बच्न साव...