![](https://myagdinews.com/wp-content/uploads/2020/10/Untitled-1.jpg)
बेनी । म्याग्दीमा थप पाँच जनामा कोरोना पुष्टि भएको छ । संक्रमित मध्ये बेनी नगरपालिकाका २ जना महिला बेनी अस्पतालमा कार्यरत स्टाफनर्स हुनुहुन्छ भने मंगला गाउँपालिकाका ३ जना पुरुष सोहि पालिकामा कार्यरत कर्मचारी हुनुहुन्छ ।
![](https://myagdinews.com/wp-content/uploads/2020/04/mangla-gaunpalika-.jpg)
विहिवार प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले निकालेको विज्ञप्ति मा थप संख्या मा पुष्टि भएको जनाएको छ । क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षण गर्दा म्याग्दीमा ५ जना संक्रमित थपिएका हुन् । सवै जना कन्ट्याक्ट् टेसिङमाबाट पहिचान भएका हुन । यस अघि मंगला गाउँपालिकामा एक जना कर्मचारीमा कोरोना देखिएको थियो । भने बेनी अस्पतालमा कार्यरत डाक्टरमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।
![](https://myagdinews.com/wp-content/uploads/2020/05/beni-hospital-.jpg)
![](https://myagdinews.com/wp-content/uploads/2020/10/FB_IMG_1603364118909-791x1024.jpg)