नेपालमा थप २५५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १६४२३ पुग्यो

काठमाडौं,बुधबार असार २४ गते । नेपालमा थप २५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयको बुधबारको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले बितेको २४ घण्टामा थप २५५ जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभएको हो ।

उहाँका अनुसार योसँगै नेपालमा संक्रमितको कूल संख्या १६ हजार ४२३ पुगेको मन्त्रालयले जनाएको छ । यो सँगै अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ७ हजार ७ सय ५२ पुगेको छ । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३५ रहेको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार