होमलाल पुन र ज्ञानसरा जुग्जालीको सुन मायाली सार्वजनिक (भिडिओं)

  म्याग्दी न्युज संवाददाता

म्याग्दी । म्याग्दीका कलाकारद्धय होमलाल पुन र ज्ञानसरा जुग्जाली छन्त्यालको आवाजमा मौलिक पञ्चेवाजाको गीत सार्वजनिक भएको छ । परम्परागत रुपमा गाइने यानीमाया गीतमा समावेश गरिने खालका शव्दहरु समायोजन गरि झिङखानीको तामा सुन मायाली गीत साँगीतिक बजारमा ल्याइएको हो ।

गायक पुनको शव्द र गायीका जुग्जालीको लय सृजनामा रहेको उक्त गीत पुन डिजिटल पोखराको युटुव च्यानलबाट सार्वजनिक गरिएको छ । गीतमा एल.वि.पुनले संगीत संयोजन गर्नुभएको छ भने म्युजिक भिडिओको निर्देशन विल पूर्जा मगरले गर्नुभएको छ । विष्णु थापा मगरले छायाँकन तथा सम्पादन गर्नुभएको भिडिओ पोखरामानै खिचिएको हो ।

भिडियोमा म्याग्दी जिल्लाका संस्कृति झल्किने थाली नाँचलाई प्रस्तुत गरिएको छ ।जिल्लाको मालिका गाउँपालिका वडा नम्वर २ का गायक पुनले यस अघि पनि केही गीतहरु प्रस्तुत गरिसक्नुभएको छ ।लोक संस्कृतिको संरक्षण स्वरुप यानीमाया गीतमा समावेश गरिने शव्दहरु सृजना गरेर मौलिक भाका प्रस्तुत गरिएको गायक पुनले बताउनुभयो । इन्द्र धनुष इन्भेष्टमेन्ट प्रा.ली.को प्रस्तुतीमा रहेको गीतको म्युजिक भिडियोमा पनि मौलिकपन झल्काइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार