राष्ट्रिय दलित पत्रकार संघ म्याग्दी शाखाको अध्यक्षमा विश्वकर्मा(तस्बिरहरु)

  म्याग्दी न्युज संवाददाता

बेनी। राष्ट्रिय दलित पत्रकार संघ म्याग्दी शाखाको अध्यक्षमा दलबहादुर विश्वकर्मा (अमित) चयन हुनुभएको छ । बुधबार बेनी स्थित पत्रकार महासंघ म्याग्दी शखा कार्यालयमा सम्पन्न संघको प्रथम जिल्ला भेलाबाट अध्यक्ष पदमा सर्वसम्मत विश्वकर्मा चयन हुनुभएको हो ।कार्यसमितिको उपाध्यक्षमा गोकुल सुनार, सचिवमा बादल शाही, सह सचिवमा राजकुमार परियार, कोषाध्यक्ष सुप्रेना किसान, सदस्यहरुमा दुर्गा श्रीपाली र श्रेया किसान चयन हुनुभएको छ । यसैगरी भुपेन्द्र नेपाली र विमला परियार केन्द्रीय प्रतिनिधिहरुमा चयन हुनुभएको छ ।

कार्यक्रममा पत्रकार महासंघ म्याग्दीका अध्यक्ष प्रकाश पौडेलले उत्पीडनमा परेका दलित समुदायका विषयहरुलाई सञ्चार माध्यमहरुमा बलियो तवरले उठाउन दलित पत्रकार संघले भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । पत्रकारिता पेशाप्रति आकर्षण बढाउन र पत्रकारहरुको क्षमता विकासका लागि पत्रकार महासंघले विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको पौडेलले बताउनुभयो ।

केन्द्रिय प्रतिनिधि अमिर रामदामले उत्पीडनमा परेको दलित समुदायका समस्याहरुलाई पत्रकारिता मार्फत नीति निर्माण गर्ने निकाय सम्म पु¥याउन दलित पत्रकारहरुको भूमिका महत्वपूर्ण रहेको उहाँको विश्वास छ ।दलित समुदायको पत्रकारितामा पहुँच विस्तार गर्नु र संगठित भइ दलितका मुद्दा उठान गराउन संगठन आवश्यक भएकाले देशभर दलित पत्रकारहरुलाई गोलबन्ध गर्ने अभियान संचालन गरिएको उहाँको भनाइ छ । सात प्रदेश र ५५ जिल्लामा दलित पत्रकार संघ गठन गरी करिब १५ सय पत्रकारहरु संघमा संगठित भएको उहाँले जानकारी दिनुभयो ।

भेलामा दलित आन्दोलनका अगुवा तथा बेनीका व्यवसायी जिवनबहादुर विश्वकर्मा, नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका सल्लाहकार ठाकुरप्रसाद आचार्य,प्रेस सेन्टर म्याग्दीका अध्यक्ष कमल खत्री र दलित अगुवा याम किसानले दलितहरुका समस्या र विषयवस्तुहरुलाई पत्रकारहरुले महत्व दिएर समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार