साहानी परिवारको कुल पुजामा १०३ वर्षिया मनकुमारी सहित चार जना जेष्ठ नागरिक अभिनन्दन

बागलुङ ,बुधबार मंसिर १८ गते ।
वरिष्ठ अधिवक्ता दिल साहानीले जातिय सदभाव सहितको समाजिक एकता आजको आवश्यकता रहेको बताउनु भएको छ । साहानी परिवार गलकोट नगरपालिका ७ मल्मको दिवाली कुलपुजाको समुदघाटन गर्दै प्रमुख अतिथि साहानीले यस्तो बताउनु भएको हो । आफना पुर्खजको ईतिहाँसलाई अध्ययन गरेर पुर्खजले गरेका कृतिमानी कामको अनुसरण गर्दै थप उल्लेखनिय काम गर्न अबको नयाँ पुस्ता प्रेरित हुनुपर्ने वरिष्ठ अधिवक्ता तथा पुर्व प्रध्यापक साहानीको भनाई छ ।

कार्यक्रममा साहानी परिवार गलकोटका खिम साहानीले बन्धु एकता र भाईचारा नै समृद्व समाज निर्माणको आधार भएको बताउनु भयो । सो अवसरमा ४ साहानी परिवार भित्रका ४ जना ज्येष्ठ नागरिकहरुलाई अभिनन्दन गरिएको छ । खेतमाथि निवासी १ सय ३ वर्षिया मन कुमारी साहानी, ताराखोला गाउँपालिका ३ हिल निवासी ८१ वर्षिया दधि कुमारी साहानी, साहानीडाँडा निवासी ८८ वर्षिय पुर्ण बहादुर साहानी र बाँझबारी निवासी ९१ वर्षिया नन्दकली साहानीलाई अभिनन्दन गरिएको सल्लाहकार सदस्य जीवन साहानीले जानकारी दिनुभयो । त्यस्तै कुल पुजाको अवसरमा मन्दिर निर्माणमा खटनु हुने प्राविधिक ताराखोला गाउँपालिका निवासी लाल बहादुर घर्ती, भरत खत्री, प्रेम मगर, धन बहादुर कार्की र विकास रोकालाई समेत सम्मान गरिएको थियो ।

कुल पूजामा सामेल हुन गलकोट क्षेत्र सँगै रुपन्देही, बाँके, बर्दिया, गुल्मी हर्पुकोट, पोखरा र काठमाण्डौबाट साहानी बन्धुहरु आएका थिए । कार्यक्रम साहानी कुल सुधार समिति गलकोट नगरपालिका ७ मल्मका अध्यक्ष टोप बहादुर साहानीको अध्यक्षता, सल्लाहकार सदस्य खडग बहादुर साहानीको स्वागत मन्तव्य र सचिव टिका साहानी र खडग बहादुर साहानीको सञ्चालनमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार