दरबाङ्गमा चौथो करबिर मेमोरियल कप सुरु (तस्बिर सहित)

दरबाङ्ग,मंगलबार पौष ८ गते ।
म्याग्दीको मालिका गाउँपालिका ६ दरबाङमा चौथो करबिर मेमोरियल कप २०७६ सुरु भएको छ । दरबाङ स्थित केबि एकेडेमी एण्ड बोर्डिङ्ग स्कुलको आयोजनामा मंगलबार देखी अन्तर मावि जिल्ला स्तरिय भलिबल तथा फुटसल प्रतियोगिता सुरु भएको हो । आगामी १२ गते सम्म संचालन हुने प्रतियोगितामा फुटसल तथा भलिबल प्रतियोगिता संचालन हुनेछ ।

कार्यक्रमको उद्धघाटन् गर्नुहुँदै गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगरले खेल प्रतियोगिताले विद्यार्थीमा लुकेर रहेको खेल प्रतिभा उजागर गर्नुका साथै खेलकुदको प्रवद्र्धनमा सहयोग पुग्ने बताउनुभयो । उहाँले विद्यालयमा आयोजित प्रतियोगिताले विद्यार्थी थप हौसला प्रदान गर्ने बताउनुभयो ।

‘विद्यालय स्तरमा आयोजना हुने खेलकुद प्रतियोगिताले विद्यार्थीहरुमा भाइचाराको सम्बन्ध स्थापित गर्नुका साथै खेलकुद प्रतियोगिता प्रवद्र्धनमा सहयोग पुग्नेछ,’अध्यक्ष रोका मगरले भन्नुभयो । खेलकुद प्रतियोगिताले विद्यालयमा आयोजना हुने खेलकुद प्रतियोगितालाई गाउँपालिकाले सहयोग गर्ने अध्यक्ष रोका मगरले उद्धघोष गर्नुभयो । साथै अध्यक्ष रोका मगरले गाउँपालिकाले गाउँपालिका अध्यक्ष कप संचालन गर्न लागेको जानकारी दिनुभयो । गाउँपालिका भित्र रहेका सामुदायीक तथा निजि विद्यालय व्यवस्थापन र गुणस्तर बढाउन गाउँपालिकाले योजना बनाएको उहाँको भनाई छ ।

कार्यक्रममा जनप्रिय माविका शिक्षक बालकृष्ण शर्मा ,न्यु बुद्ध शान्ति टोल विकास समितिका अध्यक्ष गोपाल गौतम,जनप्रिय माविका प्रअ दिवाकर सुवेदी ,प्रभु बैंक दरबाङ्ग शाखाका प्रबन्धक विपिन चोखाल , लगायतले विद्यालयले आयोजना गरेको प्रतियोगिताले भाइचाराको सम्बन्ध स्थापित हुनुका साथै खेलकुद प्रतियोगिताको प्रवद्र्धन हुने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा विद्यालयकी प्रिन्सिपल लक्ष्मी थापा र विद्यालयका प्रबन्ध निर्देशक हिराबहादुर पुन मगरले विद्यालयको अतिरित्त कार्यक्रम अन्तर्गत प्रतियोगिताको आयोजना गरिएको बताउनुभयो । प्रिन्सिपल थापाले प्रतियोगितालाई सफल बनाउन आर्थिक सहयोगदाताहरुलाई धन्यवाद व्यक्त गर्नुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवनारायण फगामीको अध्यक्षता ,प्रिन्सिपल थापाको स्वागत तथा सहायक प्रिन्सिपल बिमल शर्माको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

आयोजक केबी एकेडेमी एण्ड बोर्डिङ्ग स्कुल र म्याग्दी एकेडेमी विच भएको उद्धघाटन् खेलमा म्याग्दी एकेडेमी सिंगा तातोपानीले विजयी सुरुवात गरेको छ । प्रतियोगितामा फुटसल तर्फ १४ र भलिबल प्रतियोगिता तर्फ ६ विद्यालयले सहभागिता जनाएको आयोजक विद्यालयले जनाएको छ । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार