नेपाल तरुण दल म्याग्दीको उपाध्यक्षमा विश्वास

म्याग्दी, शुक्रबार पौष १८ गते ।
लामो समय देखी खाली रहेको नेपाल तरुण दल म्याग्दीको उपाध्यक्ष पदमा सोहन श्रेष्ठ ‘विश्वास’ मनोनयन भएका छन् । तरुण दल जिल्ला कार्यसमिति म्याग्दीको सातौँ बैठकबाट श्रेष्ठलाई तरुण दलका अध्यक्ष मुकुन्द छन्त्यालले उपाध्यक्षमा नियुक्त गरेका हुन् ।


बैठकबाट श्रेष्ठ सहित बेनपा– ९ का तरुण दल अध्यक्ष रामचन्द्र कार्की, दिपेश बानियाँ र देवि बुढाथोकीलाई सदस्यमा नियुक्त भएका छन् । लामो समय देखी खाली रहेको उपाध्यक्ष पदका लागी तरुण दलले श्रेष्ठलाई नियुक्त गरेको हो ।


तरुण दल म्याग्दीलाई चलाएमान बनाउदै रचनात्मक कार्य गर्ने श्रेष्ठले बताएका छन् । बेनपा ७ का तरुण दलका अध्यक्ष समेत रहेका श्रेष्ठ पछिल्लो समय निकै क्रियाशिल भएर लागेका थिए । ‘मेरो कार्यकालमा तरुण दल म्याग्दीले मुहार फेर्नेछ, पार्टी र युवाको भावनालाई आत्मासाथ गरेर अघि बढ्नेछु’ श्रेष्ठले भन्नुभयो । बैठकमा नेपाली काँगे्रस म्याग्दीका सह–सचिव भरत बहादुर रकाल र पार्टीका नेताहरुले श्रेष्ठलाई तरुणलाई सशक्त बनाएर लैजान शुभकाना दिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार