मालिका गाउँपालिकाद्वारा आइसोलेशन वार्ड स्थापना

कोरोना भाइरस विरुद्ध उच्च सतर्कता

बेनी ,सोमबार चैत १० गते । नोबल कोरोना भाइरस (कोभिड–१९) विरुद्ध उच्च सतर्कता अपनाउने सिलसिलामा म्याग्दीको मालिका गाउँपालिकाले जनप्रिय माविको भवनमा आइसोलेशन वार्ड स्थापना गरेको छ ।


गाउँपालिकाले वडा नं ६दरबाङ्ग,छ्यारछ्यारे स्थित जनप्रिय माविको भवनमा नोबल कोरोना भाइरसबाट संक्रमित व्यक्तिलाई राख्न आइसोलशन वार्ड स्थापना गरिएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगरले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिकाले नोबल कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि उच्च सतर्कता अपनाउँदै संक्रमण देखिए अस्पतालमा छुट्टै राखेर उपचार गर्ने व्यवस्था मिलाएकोछ । १० बेद क्षमताको आइसोलेशन वार्ड स्थापना गरिएको गाउँपालिकाले जनाएको छ ।


साथै कोरोना भाइरसको जोखीम बढ्न नदिनका लागि अत्यावश्यक बाहेकका गाउँपालिका भित्र संचालन हुने र बाहिरबाट भित्रने लामो–छोटो दुरीका यातयातका सवारी साधनमा रोक लगाइएको अध्यक्ष रोका मगरले बताउनुभयो । अति आवश्यक खाद्य सामाग्रि ,दैनिक उपभोग्य खाद्यय बस्तुहहरुका पसल बाहेकका सबै पसलहरु बन्द हुने अध्यक्ष रोका मगरको भनाई छ । त्रासको समयमा कालोबजारी कृतिम अभाव रोक्न बजार अनुगमनलाई तिब्रता दिइएको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो ‘विश्वब्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको जोखिम बढ्न नदिन र संक्रमित ब्यक्तीलाई राख्न दश बेदको आइसोलेशन वार्ड स्थापना गरिएको हो । ’ कोरोना भाइरस संक्रमनबाट बच्न सबैले सतर्कता र सावधानी अपनाउन समेत अध्यक्ष रोका मगरले सुझाव दिनुभएको छ । सभा ,मेला ,तथा समुहमा कार्यक्रम गर्नमा रोक लगाइएको छ । दरबाङ्ग हुँदै धवलागिरी गाउँपालिका र बागलुङ्ग लगायत अन्य जिल्ला जान सकिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार