हिमपातले गुर्जामा विद्युत र सञ्चार सेवा थप्प

बेनी मंगलबार १४ गते ।केहि दिन अगाडिदेखी परेको हिमपातले म्याग्दीको उच्च भेगमा रहेको गुर्जालीका जनजिवन कष्टकर हुनुका साथै विद्युत तथा सञ्चार सेवा अवरुद्ध भएको छ ।


गत ११ गते देखी परेको भारि बर्षासंगैको हिमपातले म्याग्दीको धवलागिरी गाउँपालिका १गुर्जामा बिद्युत र सञ्चार सेवा थप्प भएको वडाध्यक्ष एवम् गाउँपालिकाका प्रवक्ता झक बहादुर छन्त्यालले जानकारी दिनुभयो ।


हिमपातले स्थानीय इङ्गले खोला लघुजल बिधुतको पोल ढालेसंगै सञ्चार तथा विद्युत सेवा थप्प भएको छ । विद्युत तथा सञ्चार सेवा थप्प भए संगै स्थानियले अध्यारोमा रात कटाउन बाध्य भएका छन् भने मोवाइल सेवा बन्द भएको छ ।


हिउँ पर्ने क्रम नरोकिएकाले विद्युत सेवा सुचारुका लागि पोल गाड्न सकिएको छैन्।
साथै भारि हिमकापातका कारण गुुर्जा हिँदेका स्थानिय वासि तथा खच्चडहरु मुना लगायत लुलाङ्गमा रोकिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार