अर्थुङ्गे २४ विद्यार्थीहरुलाई न्यानो कपडा वितरण

बेनी बुधबार माघ २ गते । बेनी नगरपालिका वडा नम्बर ६ का अध्यक्ष कृष्णबहादुर बानीयाँले विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गर्नुभएको छ ।


बेनपा ६ अर्थुङ्गे स्थित जामुनाखर्क माध्यमिक विद्यालय र जामुनाखर्कमा रहेको विद्यामन्दिर आधारभुत विद्यालयमा अध्ययनरत २४ जना गरिब तथा विपन्न विद्यार्थीहरुलाई स्कुल पोषाक सूइटर वितरण गर्नुभएको हो ।


जामुनाखर्क माविका प्रधानाध्यापकसोमनाथ ढुङ्गानाको उपस्थितिमा वडा अध्यक्ष बानियाँले विद्यालयमा अध्ययनरत १७ जना विद्यार्थीहरुलाई सुइटर वितरण गर्नुभएको हो । गरिबी र विपन्नता कारण न्यानो कपडाबाट बञ्चित भएका बालबालिकाहरुलाई सहयोगले राहत मिलेको प्रअ ढुङ्गानाले बताउनुभयो ।


यसै गरी विद्यामन्दिर आधारभुत विद्यालयमा अध्ययनतर ७ जना विद्यार्थीहरुलाई पनि सुइटर वितरण गरिएको छ । गरिबीका कारण न्यानोकपडाको व्यवस्थापन गर्न नसकेका बालबालिकाहरुलाई रकम जुटाएर सहयोग गरेको वडा अध्यक्ष बानियाँले बताउनुभयो ।
वडा अध्यक्ष बानियाँको पहलमा युवा व्यवसायी नारायण जिसी,प्रकाश बानियाँ लक्ष्मण कटुवाल र विपिन खड्काले न्यानो कपडाका लागि ९ हजार रुपियाँ सहयोग गर्नुभएको थियो

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार