म्याग्दीमा सांकेतिक नाटक मार्फत भुकम्पको सम्झना

बेनी, बुधबार माघ ०२ गते । बुधवार विहान ९।३० बजे तिर म्याग्दीको सदरमुकाम बेनीबजारमा रहेको खुल्ला मञ्चमा भुकम्प र आगलागी एकैपटक निम्तीयो । नेपाली सेना,नेपाल प्रहरी र शसस्त्र प्रहरी बल एकै साथ उद्धारमा जुटे । भुकम्पबाट घाइते भएकाहरुलाई अस्पताल पु¥याउन एम्बुलेन्स तत्काल आयो । सवैजना उद्धारमा खटिए । विपद् स्थलमै घाइतेको प्राथमिक उपचार पनि गरियो । दमकलले तत्काल आगो निभायो र आगलागीबाट हुनसक्ने थप क्षतिलाई जोगायो ।

यो माथिको २१ औं भुकम्प सुरक्षा दिवसका अवसरमा गरिएको पूर्व अभ्यास थियो । भुकम्प र आगलागी जस्ता विपद्मा कसरी उद्धारमा जुट्ने भन्ने जानकारी दिनका नेपाली सेनाको श्रीबक्स गुल्म, जिल्ला प्रहरी कार्यालय, शशस्त्र प्रहरीको चण्डिका गणको गलेश्वर गुल्मका सैनिक तथा प्रहरीहरुको टोलीले भूकम्प र आगोलागीको अवस्थामा विपद् व्यवस्थापनको पूर्व अभ्यास गरेका हुन । यसै गरी पूर्व अभ्यास गर्नुभन्दा अगाडि जिल्ला विपद् व्यवस्थापन समितिको आयोजनामा प्रभातफेरी गरिएको छ प्रभातफेरी खुल्ला मञ्च खेलमैदानमा पुगेर विपद् व्यवस्थापनको पूर्वअभ्यास गरिएको थियो ।

पूर्व अभ्यास हुन भन्दा अघि जनप्रतिनिधि, सुरक्षा अधिकारी, कार्यालय प्रमुख, शिक्षक र विद्यार्थीहरुको सहभागितामा जिल्ला प्रशासन कार्यालयदेखि प्रभातफेरी सुरु गरेर बजार परिक्रमा गरिएको थियो । प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीको अध्यक्षता र जिल्ला समन्वय समितिका अधिकृत गोविन्द सुनारको सञ्चालनमा सम्पन्न कार्यक्रममा जिसस प्रमुख देवेन्द्रबहादुर केसीले भुकम्प लगायत प्राकृतिक विपद र त्यसबाट सुरक्षित हुनका लागि सर्वसाधारणहरु चेतना जगाउनुपर्ने बताउनुभयो । बिकल्प न्युज

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार