बेनीमा नगरपालिका स्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको आयोजना हुने

बेनी सोमबार माघ ७ गते । बेनीमा नगरपालिका स्तारिय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको आयोजना हुने भएको छ । बेनी नगरपालिकाको आयोजनामा आगामि माघ १८ गतेदेखी २० गतेसम्म प्रतियोगिताको आयोजना गरिने सोमबार पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो ।


सोमबार वडा नं ७ का अध्यक्ष एवम् मुल समितिका संयोजक राजेन्द्र श्रेष्ठले पत्रकार सम्मेलनमा नगरपालिकाको आयोजनामा रनिङ्ग शिल्ड प्रतियोगिताको आयोजना गर्न लागिएको जानकारी दिनुभयो । उहाँका अनुसार बेनी नगपालिका भित्रका माध्यामिक तहका बिद्यालयहरु बिचमा प्रतियोगिता आयोजना गर्न लागिएको हो । दुई दिन सम्म संचालन हुने प्रतियोगितामा ८ लाख ५० हजार रुपैयाँ लागतको अनुमान गरेको आयोजकल जनाएको छ ।


प्रतियोेगितामा छात्र÷छात्रा भलिबल, कवड्डी, एथलेटिक्स र मार्शल आर्ट बिधाका खेल सञ्चालन गरिने भएको छ । २२ विद्यालयले प्रतियोगितामा सहभागिता हुने प्रतियोगितामा बिजेताले रनिङ्ग कप, मेडल र प्रमाणपत्र सहित नगद पुरस्कार प्राप्त गर्नेछन् भने प्रतियोगिताको बिजेता तथा उपबिजेताको पुरस्कार राशी आयोजकले छलफल मार्फत निर्धारण गरि जानकारी दिने बताइएको छ ।


बिद्यार्थिमा लुकेर रहेको प्रतिभा पहिचान गर्न र खेल क्षेत्रको विकास गर्न प्रतियोगिताको आयोजना गर्न लागिएको आयोजक मुल समितिका संयोजक एम्म अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार