विवाह खर्च कटाएर ‘मंगला शिक्षा अभियान’लाई आर्थिक सहयोग

म्याग्दी,मंगलबार माघ ८ गते । म्याग्दीको मंगला गाउँपालिका– २ तल्लो डडुवा निवासी रविन रिजालले विवाह खर्च कटाएर शिक्षा अभियानमा सहयोग गनुभएको छ । मंगला युवा क्लवले गाउँपालिकाभित्र शिक्षालाई गुणस्तरीय बनाउन सुरु गरेको अभियानमा क्लव सदस्य रिजालले सहयोग गर्नुभएको हो ।

क्लवले सुरु गरेको ‘मंगला शिक्षा अभियान’मा उहाँले ७ हजार ११० रुपैया सहयोग गर्नुभएको छ । त्यस्तै डेकनाथ पौडेल र किसान चोखालद्धारा १÷ १ हजार तथा सुरतबहादुर शाही र पुर्णबहादुर भण्डारीले ५÷५ सय सहयोगसंगै ११ हजार ६१० रुपैया संकलन भएको थियो ।


क्लवले प्राप्त सहयोगलाई गाउँपालिकाभित्र रहेका विद्यालयमा आवश्यक शैक्षिक पुर्वाधार तथा विद्यार्थीहरुको सिकाईलाई प्रभाकारी बनाउन शिक्षण सामाग्री किनेर सहयोग गरिने क्लवका सचिव नेत्रराज सुवेदीले जानकारी दिनुभयो । क्लवले अभियानको पहिलो चरणमा जानकी आधारभूत विद्यालयमा शैक्षिक सामाग्री वितरण गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार