बेनी नगरपालिकाको चौंथो नगरसभा सुरु

बेनी बिहिबार माघ १० गते । म्याग्दीको बेनी नगरपालिकाको चौंथो नगरसभा बुधवार सुरु देखि भएको छ । मेयर हरिकुमार श्रेष्ठको अध्यक्षतामा बसेको नगरसभामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७५ को मस्यौदा लाई टेबुल गरिएको छ ।

बातावरण तथा विपद् व्यस्थापन समितिका संयोजक टेकबहादुर रावलले उक्त ऐन नगरसभामा टेबुल गर्नुभएको हो ।

नगरसभामा उपप्रमुख सञ्जु बरुवालले तेस्रो नगरसभाले स्विकृत गरेका योजना एवम् नगरसभा पश्चात नगर कार्यपालिकाको वैठकबाट बजेट व्यवस्थापन भएका योजनाहरुको प्रगति विवरण नगरसभामा पेश गर्नुभएको छ ।

यसै गरी उपप्रमुख बरुवालले नगर कार्यपालिकाको वैठकबाट पारित भएका तिनवटा कार्यविधिहरुका वारेमा नगरसभामा जानकारी गराउनुभएको थियो । कार्यपालिकाको वैठकले बेनी नगरपालिकाको राजपत्र प्रकाशन सम्बन्धि कार्यविधि २०७५,अपाङ्गता भएका व्यक्तिको परिचयपत्र वितरण कार्यविधि २०७५,स्वास्थ्य संस्था दर्ता,अनुमति तथा नविकरण सम्बन्धि निर्देशिका २०७५ र बेनी नगरपालिकाको पशुसेवा कार्यक्रम सञ्चालन मार्गदर्शन २०७५ का वारेमा उपप्रमुख बरुवाले नगरसभाका सदस्यहरुलाई जानकारी गराउनुभएको थियो ।

नगरसभामा मेयर श्रेष्ठले नगरसभाबाट पारित भई कार्यन्वयनका चरणमा रहेका योजनाहरुको प्रभावकारी रुपमा कार्यन्वयनमा जुट्न नगरसभाका सदस्यहरुलाई निर्देशन दिनुभएको छ । नगरसभामा टेबुल भएको ऐनको मस्यौदा अध्ययन गरी आगमी माघ १७ गते वस्ने नगरसभाले पारित गर्ने कार्यसूची रहेको प्रमुख प्रशासकीय अधिकृत छबीलाल सुवेदीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार