काठमाडौँ। सोमबार माघ २८ गते । यौन सम्पर्कका लागि सुरक्षित मानिने कण्डम नेपालमा न्यून प्रयोग हुने गरेको पाइएको छ । एचआइभी तथा यौनरोग सर्नबाट बचाउने, नचाहेको गर्भ नरहने, जन्मान्तर र परिवारको आकार सीमित गर्नका लागि भरपर्दो साधन भए पनि नेपालमा यसको प्रयोग कम देखिएको छ ।
अन्तर्राष्ट्रिय कण्डम दिवस २०७५ अर्थात् फेब्रुअरी १३ का अवसरमा राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले आज आयोजना गरेको पत्रकार सम्मेलनमा विश्वभरि नै यौन सम्पर्कका लागि सुरक्षित मानिने कण्डम नेपालमा आठ प्रतिशत पुरुषले मात्र प्रयोग गर्ने गरेको जानकारी दिइएको हो ।
केन्द्रको तथ्याङ्कअनुसार नेपालमा ३१ हजार २० एचआइभी सङ्क्रमण भएका छन् । तीमध्ये पुरुष १९ हजार २० र महिला १२ हजार छन् । नेपालमा ७७ प्रतिशत एचआइभी सङ्क्रमण कण्डमबिना गरिएको यौनसम्पर्कबाट सर्ने गरेको छ । नेपालमा कण्डमलगायत परिवार नियोजनको साधनहरु प्रयोग गर्ने ४३ प्रतिशत छन् ।
केन्द्रका निर्देशक डा। तारानाथ पाखरेलका अनुसार सरकारले एचआइभी तथा यौन रोग नियन्त्रणका लागि सुरक्षित यौन सम्पर्कबारे देशैभर जनचेतनामूलक कार्यक्रम चलाउँदै आएको छ ।
फेब्रुअरी १३ मा विश्वभरि नै कण्डमको सही तरिकाले प्रयोग गरी सुरक्षित यौन सम्पर्कबारे जनचेतना फैलाउनका लागि रमाइलो तथा रचनात्मक तरिकाले कण्डम दिवस मनाउने गरिन्छ । रातोपाटी
सुर्खेत । इनारमा डुबेर सुर्खेतमा एक जनाको मृत्यु भएको छ। जिल्लाको भेरीगंगा नगरपालिका–१० तोलीखोलामा इनार सफा गर्न गएको एक जनाको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। प्रहरीका अनुसार भेरीगंगा…
कास्की । पोखरास्थित फेवातालको मापदण्ड घटाउने पोखरा महानगरपालिकाको निर्णय कार्यान्वन नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ । मानबहादुर जि.सी. मेयर भएको बेला महानगरपालिकाको कार्यपालिका बैठकले मापदण्ड घटाउने निर्णय गरेको थियो । महानगरपालिकाले…
चितवन । प्रमुख प्रतिपक्षी नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले गठबन्धन सरकारको एकमात्रै उद्देश्य सत्ता स्वार्थ भएको बताउनुभएको छ । भरतपुरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपमहासचिव ज्ञवालीले गठबन्धन सरकार आएदेखि मुलुकले एकपछि अर्को गम्भीर…

काठमाडौँ । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेल जेठ २५ बाट कार्यालयमा हाजिर भएका छैनन् । उहाँले मागेको बिदा आईजीपी धिरज प्रताप सिंहले दोस्रोपटक अस्वीकृत गर्नुभयो । जेठ २५ बाट गैर हाजिर…