व्यवसायीक बाख्रा पालक संघको अध्यक्षमा पुन

बेनी बुधबार माघ २३गते । म्याग्दीका व्यवसायीक बाख्रा पालक व्यवसायीहरुको साझा संस्था व्यवसायीक बाख्रा पालक संघ म्याग्दी शाखाकाे अधिवेशन सम्पन्न भएको छ । बुधवार सरदरमुकाम बेनीमा सम्पन्न अधिवेशनबाट बुद्धिबहादृुर पुन मगरको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको छ ।
अध्यक्ष पुन मगर सहित उपाध्याक्षमा आनन्द रिजाल ,महासचिवमा नर बहादुर थापा , कोषाध्याक्षमा पुर्ण बहादुर पाइजा मगर र सचिवमा रश्मी भण्डारी कुवँर सहितको समिति गठन गरिएको सदस्य याम बहादुर खड्काले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रमुख अतिथि संघका कोषाध्यक्ष धन बहादुर श्रीसले नेपाल कृषी प्रधान देश भएकाले कृषीमा गरेको लगानी खेर नजाने बताउनुभयो ।व्यवसायीक बाख्रा पालनबाट राम्रो आम्दानी भएपनि संभावना भए पनि पर्याप्त चरण क्षेत्र तथा आर्थिक लगानीको अभाव संगै बाहिरबाट आयातित मासुको बर्चस्व ,जनशक्तीका कमी तथा उचित मुल्य नहुँदा बाख्रा पालक कृषहरुको संख्या फस्टाउन नसकेको बताउनुभयो । व्यवसायीक बाख्रा पालक कृषकहरुको हकहितका लागि संघले सरकारसंग पहल गरिरहेको बताउनुभयो ।


उहाँले नश्ल सुधार तथा स्थानिय उत्पादन मार्फत व्यवसायीक बाख्रा उत्पादनलाई बृद्धि गरि जिल्लालाई मासु तथा अन्य कुरामा आत्मनिर्भर बनाउन आग्रह गर्नुभयो । कार्यक्रममा खसी बोकाको दररेट निर्धारण गर्ने , नयाँ व्यवसायीक फर्मलाई सदस्यता तिरण गएिको थियो भने बाख्रा उत्पादन बढाउन नश्ल सुधार लगायतका विषयमा छलफल भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार