सहकारीको स्थापना दिवसमा २१ जनाले गरे रक्तदान

बेनी बिहिबार माघ २४ गते । म्याग्दीका महिलाहरुको सामुहिक लगानी र व्यवस्थापनमा सदरमुुकाम बेनीमा संचालित दिदिबहिनी बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम गरि आफ्नो स्थापना दिवस मनाएको छ ।

बिहिबार सहकारीको सातौं स्थापना दिवसको अवसरमा बेनी अस्पतालमा रक्तदान गरि स्थापना दिस मनाएको हो । सहकारीको मुल आयोजना रेडक्रस म्याग्दी ,रक्तसंचार केन्द्रको सह आयोजनामा रक्तदान कार्यक्रम गरिएको सहकारीकी सचिव सुगम श्रेष्ठले जानकारी दिनुयभो ।


सहकारीका संचालक समितिका पदाधिकारी,कर्मचारी शुभचिन्तकद तथा शेयर सदस्य गरि २१ जनाले रक्तदान गरेको सहकारीको अध्यक्ष ज्योती लामिछानेले जानकारी दिनुयभयो । कार्यक्रममा १६ महिलाले पहिलो पटक रक्तदान गरेको सहकारिेले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीको प्रमुख आतिथ्यता, अध्यक्ष लामिछानेको अध्यक्षता ,उपाध्यक्ष बिष्णु गौतम सापकोताको संचालनमा कायक्रम सम्पन्न भएको थियो । कार्यक्रममा सहकारीका संचालक समितिका पदाधिकारी, रक्तसंचार केन्द्रका संयोजक सुरज केसी,अस्पताल संचालक समितिका पदाधिकारी तथा विभिन्न संघ संस्थामा आवद्ध प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार