प्रथम सहिद लखन थापा मगरको स्मृतिमा रक्तदान

साधन राम्जाली मगर

बेनी बिहिबार फागुन २ गते नेपालका प्रथम सहिद लखन थापा मगरको सहिद स्मृति दिवसमा रक्तान गरिएको छ । थापा मगरको १ सय ४२ लौं स्मृति दिवसको अवसरमा नेपाल मगर विद्यार्थी संघ जिल्ला कार्यसमिति म्याग्दीको आयोजना र जिल्ला रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोगमा सो कार्यक्रम गरिएको हो ।

सदरमुकाम सहिद स्मृति चोकमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपाल मगर संघ गण्डकी प्रदेश सचिव राजकुमार थापा मगरले प्रथम सहिद थापा मगर प्रति श्रद्धान्जली मन्तव्य व्यक्त गर्दै विद्यार्थीद्धारा आयोजित कार्यक्रमलाई धन्यवाद दिनुभयो । उहाँले सहिद थापा मगर मगर समुदायको मात्र नभई सम्पुर्ण नेपाली समुदायको गहना भएको बताउँदै सरकारले सहिदहरुलाई उचित सम्मान गर्नुपर्नेमा जोड दिनुभयो ।

थापा मगर जस्तै अन्य सहिदहरुको बलिदानले गर्दा नै नेपाल विश्वको मान चित्रमा सार्वभौमसत्ता स्वाभिमानी मुलुकको रुपमा स्थापित हुने सकेको बताउनुभयो । कार्यक्रममा अध्यक्ष विजय घर्ति मगरले निर्वाचित भएको पहिलो कार्यक्रम अन्तर्गत नेपालका प्रथम सहिद थापा मगरको सहिद स्मृतिको अवसर पारि उहाँको सम्मानमा मानविय सेवा स्वरुप रक्तदान कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।

कार्यक्रममा ३२ जनाले रक्त दान गरेको सचिव समिर रोका मगरले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यक्रममा विद्यार्थी ,प्रमुख अतिथि थापा मगर लगायत अन्य विभिन्न संघ संस्थामा आवद्ध व्यक्तीहरुले रक्तदान गरेका थिए । संकलित रगत पोखरा रक्तसंचार केन्द्रमा पठाउने रक्तसंचार संयोजक सुरज केसीले जानकारी दिनुभयो ।


प्रमुख अतिथि थापा मगरको उपस्थिती ,अध्यक्ष घर्ति मगरको अध्यक्षता , सचिव रोका मगरको संचाालन तथा सहसचिव लक्ष्मी पुन मगरको स्वागत मन्तव्यमा कार्यक्रम समापन भएको थियो । कार्यक्रममा नेपाल मगर विद्यार्थीसंघकी केन्द्रीय सदस्य गिता बुढा मगर ,रक्तसंचार केन्द्रका संयोजक सुरज केसी ,प्राविधिक संयोजक याम बहादृुर थापा मगर लगायत विभिन्न संस्थामा आवद्ध प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार