गुर्जामा वन संरक्षण तथा अवैध वन्यजन्तको चोरी ,शिकार रोक्न स्थानियले बनाए नियम

बेनी शुक्रबार फागुन ३ गते । जिल्लाको सबैभन्दा दुर्गम भेगमा रहेको गुर्जामा वन तथा वन्यजन्तुृ संरक्षणका लागि स्थानियले नयाँ नियम बनाएका छन् । धौलागिरी गाउँपालिका वडा नं १ गुर्जाको आयोजनामा बिहिबार बसेको भेलाबाट विभिन्न नियम निर्माण गरेका हुन् ।

स्थानिय युवा क्लब, आमा, समुह तथा वडा कार्यसमिती विचमा भएको भेलाले वडामा अहिले सम्म भएका कायक्रमहरुको समिक्षा अवैध वन्यजन्तु चोरी ,शिकारी नियन्त्रण विषयमा केन्द्रीत छलफल तथा नयाँ नियम निर्माण गरिएको वडाध्याक्ष एवम् गाउँपालिका प्रवक्ता झक बहादुर छन्त्यालले जानकारी दिनुभयो । उहाँका अनुसार भेलाले अवैध वन पैदावार ,चोरी तथा शिकारीलाई रोक्नका लागि वडा वासीको सहमतिमा नयाँ नियम बनाइएको हो ।

नयाँ नियम अनुसार अवैध वन पैदावार,चोरी तथा शिकारी रोक्नका लागि स्थानिय रुपमा जनसचेतनामुलक कार्यक्रमको अभियान संचालन गर्ने ,वन संरक्षणका लागि कांयो दाउरा नकाट्ने तथा जथाभावि जंगल फंडानिलाई नियण्त्रण गर्ने , वडा बासीहरुसंग भएका अवैध हातहतियार संकलनमा सघाउ पु¥याउन ३५ दिने सुचना जारी गर्ने र शिकारीहरुको जिविकाको वैकल्पिक उपाय अपनाउनमा सहयोग गर्ने र वडामा प्रतिबन्धित वुवा तास तथा मध्यपानलाई कडाईका लागि युवाहरुले व्यवहारिक रुपमा सहयोग ऐक्यबद्धता जनाएका छन्। ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार