एथलेटिक्सःआठ विदाका खेल सम्पन्न , चार स्वर्ण लिएको किसानी मावि शिर्ष स्थानमा , तीन स्वर्ण सहित केवी एकेडेमी पछि पछि…

दरबाङ्ग शनिबार फागुन ४ गते । दरबाङमा जारी गाउँपालिका स्तरिय अन्तरमावि प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत छात्र तथा छात्रा तर्फको एथलेटिक्स खेलको दोस्रो दिन सम्म स्वर्ण पदक ल्याउनेमा किसानी मावि विम अगाडि देखिएको छ । एघार विद्यालय सहभागि रहेको एथलेटिक्स प्रतियोगितामा ३० विदाका खेल संचालन भएका छन् ।


तीस खेल मध्य दोस्रो दिन सम्म ८ खेल सम्पन्न भएकोे एथलेटिक्सका रेफ्री संयोजक दिपेन राईले जानकारी दिनुभयो । उहाँका अनुसार हाईजम्प लङ्गजम्प ,ट्रिपल जम्प ,सटफुट ,ज्यामलिन थ्रो ,एक सय मिटर ,८ सय मिटर र १ एक हजार ५ सय मिटर दौड विदाका खेल सम्पन्न भएका हुन् ।

किसानी माविले दोस्रो दिन सम्पन्न आठ खेल मध्ये छात्रा तर्फ हाई जम्प ,ट्रिपल जम्प ,सटफुट र ज्यामलिन थ्रोमा गरि चार स्वर्ण सहित शिर्षस्थानमा रहेको छ किसानी माविलाई पछ्याइरहेको केवी एकेडेमी एण्ड बार्डिङ्ग स्कुल दरबाङ्गले छात्र तर्फ ट्रिपल जम्प, सटफुत र ८ सय मिटर दौड गरि तीन स्वर्ण पदक हात पारेको छ ।

यसैगरि प्रतियोगितमा जनप्रिय मावि दरबाङ्गले छात्रतर्फ ज्यापलिन र १ हजार ५ सय मिटर दौड गरि दुई स्वर्ण पदक हात पारेको छ । गौवम बस्त मावि देविस्थानले छात्रतर्फ हाइजम्प र लजम्प गरि दुई स्वर्ण कब्जा गरेको छ भने भिम मावि राजदाङ्गले छात्र तर्फ १ सय मिटर र छात्रा तर्फ १ हजार ५ सय मिटर दौड गरि दुई स्वर्ण,अमरज्योती मावि डाडागाउँले छात्रातर्फ १ सय मिटर र ८ सय मिटर दौडमा दुई स्वर्ण तथा ओखरबोट मावि ओखरबोटले छात्रा तर्फ १ हजार ५ मिटर दौडमा एक स्वर्ण लिएको छ ।

सिदार्थ मावि च्यरिबोट ,राष्ट्रिय मावि रुम, दरबाङ्ग ईङ्गलिस बोर्डिङ्ग स्कुल दरबाङ्ग र निस्कोट मावि निस्कोट भने सम्पन्न आठ खेलमा स्वर्ण पदक बिहिन बनेका छन् । बाँकी सबै विदाका फाइनल खेल , भलिबल तथा कवडी खेलको फाइनल सहित प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आइतबार समापन हुने कार्यक्रम संयोजक एवम् वडा नं ६ का अध्यक्ष सन्तोष सुवेदीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार