दिपक माविको ६० औं बार्षिक उत्सव तथा अभिभावक दिवस

धन बहादुर रोका मगर (समिर)

बेनी शुक्रबार फागुन १० गते । बेनी नगरपालिका १० पात्लेखेतमा रहेको दिपक माध्यामिक विद्यालयले ६० औं बार्षिक उत्सब तथा अभिभाबक दिबस विविध कार्यक्रम गरि मनाएको छ। बि संं २०१६ सालमा स्थापना भएको विद्यालयले ६० औं जन्मोउत्सव मनाएको हाे। १६० जना बिद्यार्थी अध्ययनरत रहेको विद्यालले ६० औं जन्मदिन एवम् अभिभावक दिवस मनाएको हो ।


समारोहको उद्घाटन गर्दै नगर शिक्षा अधिकृत बिश्वप्रकाश रेग्मिले सामुदायिक बिधालयको शैक्षिक गुणस्तरमा जोड दिनुभएको थियो। उहाँले सामुदायिक बिद्यालय भनेर अभिभाबक जिम्मेवार नभएको जस्तो देखिएको कुरा व्यक्त गर्नुभयो।


सरकारले सामुदायिक बिद्यालयमा धेरै लगानी गरेको हुँदा बिद्यार्थीहरु लगनशील , अनुशाशनको दायरामा रहि अध्ययन गर्नुहुन आग्रह गर्नुभयो।

कार्यक्रममा नगर कार्यपालिका सदस्य योगेन्द्रमान गौचन , शिक्षक हरि पराजुलि , प्रअ पुस्प पराजुली, पुर्ब बिद्यार्थी धन बहादुर रोका ९समीर० ले मन्तव्य व्यक्त गर्नुभएको थियो।
बार्षिक उत्सबको अबसरमा अभिभावक स्तरिय म्युजिकल चियर प्रतियोगिता आयोजना गरिएको थियो।
सो प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल फमाया थजाली , कृष्ण शाही
दित्तिय स्थान हात पार्न सफल हुनुभएको थियो।


साथै बिद्यालयका शिक्षक बिष्णुप्रसाद दुङ्गगानाले आफ्नो २८ औ जन्मदिनको अबसर पारी गरिब तथा जेहेन्दार ५० जना बिद्यार्थीलाई ५००० बराबरको स्टेशनरी साम्रगी बितरण गर्नुभएको थियो।

कार्यक्रममा यसै बर्ष दुई शिक्षक बिष्णुप्रसाद दुङ्गगाना र बिजय सुवेदी उत्कृष्ट शिक्षकको रुपमा पुरस्कृत हुनुभएको बिधालय ब्यस्थापन समितिको अध्यक्ष केदारनाथ सुबेदिले जानकारी दिनुभयो।
बिधालय ब्यस्थापन समितिको अध्यक्ष केदारनाथ सुबेदिको अध्यक्षता, शिक्षक बिजय सुबेदिको सन्चालन ,तथा अभिभावक संघका अध्यक्ष अर्जुन पराजुलिको स्वागत मन्तव्यमा कार्यक्रम समपन्न भएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार