दिपक माविलाई अमेरिकाबाट १ लाख रुपैयाँ आर्थिक सहयोग

समीर रोका मगर
बेनी आइतबार फागुन १२ गते ।बेनि नगरपालिका १० पात्लेखेतमा रहेको दिपक माध्यमिक बिधालय लाई १ लाख रुपैयाँ सहयोग प्राप्त भएको छ।
बेनि नगरपालिका (९ स्थाई ठेगाना भई हाल अमेरिकामा बस्दै आउनुभएका भल प्रसाद शेरचनले बिधालयलाई एक लाख रुपैयाँ आर्थिक सहयोग गर्नुभएको जानकारी त्यहाँ बाट बिधालयका बिज्ञान शिक्षक बिस्नुप्रसाद दुङगानाले जानकारी दिनुभएको छ।

निशुल्क भवन निर्माण गरिदिनुहुने स्वर्गीय कबिर प्रसाद शेरचनका सुपुत्र शेरचनले आगामी दिनहरुमा बिधालयको आबश्यकता हेरि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

सहयोग हस्तान्तरण कार्यक्रममा बेनि नगरकार्यपालिका सदस्य योगेन्द्रमान गौचन, समाजसेबी चन्द्रलाल शर्मा , पुर्ब प्रअ भबदत्त शर्माको उपस्थित रहेको थियो।

कार्यक्रम बिधालय ब्यवस्थापन समितिका अध्यक्ष केदारनाथ सुबेदिको अध्यक्षता प्रअ पुस्प पराजुलीको सन्चालन तथा पुर्ब बिधालय ब्यवस्थापन समितिको अध्यक्ष शिव बहादुर शाहिको स्वागत मन्तव्यमा समपन्न भएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार