महभिरमा खानेपानी आयोजना निर्माण

महभिर बिहिबार फागुन १६ गते । म्याग्दीको मालिका गाउँपालिका ४ ओखरबोटको महभिरमा जुगेपानी खानेपानी तथा सरसफाई आयोजना निर्माण भएको छ ।

पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना मार्फत ५६ लाख ३५ हजार १७ रुपैयाँको लगानीमा निर्माण भएको आयोजनाबाट महभिर गाउँका ५८ घरधुरी लाभान्वित भएका छन् ।

मालिका गाउँपालिकाले पाँच लाख ६३ हजार ५०१, नेपाल सरकारको २२ लाख ३५ हजार ९७५ र फिनल्याड सरकारले १२ लाख ५७ हजार ७३६ रुपैयाँ अनुदान उपलब्ध गराएको आयोजना निर्माणका लागि ५८ घरधुरी उपभोक्ताले १५ लाख ७७ हजार ८०५ रुपैयाँ बराबरको श्रमदान गरेका उपभोक्ता समितिका सचिव लालमन शेरपुञ्जाले जानकारी दिनुभयो ।

आयोजनाको उद्घाटन गर्दै मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले परियोजना मार्फत ९ वटा खानेपानी आयोजना निर्माण भएको जानकारी दिनुभयो । अध्यक्ष रोकाले आयोजनाको दिगो सञ्चालनका लागि समुदायको दायीत्व हुने बताउनुभयो ।

सबै वडा कार्यालय देखि गाउँपालिकाको केन्द्र जोड्ने सडक विस्तार र स्तरोन्नतिका लागि डिपीआर तयार पारिएको जानकारी दिदै योजना कार्यान्वयनमा सहयोग गर्न स्थानीयबासीहरुलाई आग्रह गर्नुभयो ।

अध्यक्ष रोकाले वडा कार्यालय व्यवस्थापन गरेर त्यहीबाट नियमित सेवा उपलब्ध गराउने वातावरण बनाउन लागिएको र आयआर्जन सुधारका लागि परियोजना सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो ।

उपभोक्ता समितिका अध्यक्ष डिलबहादुर पुनको अध्यक्षता, हरिबहादुर घर्तीको सञ्चालन र महखानी युवा कल्वका अध्यक्ष चिन्तामणी गुरुङको स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा परियोजनाका सरसफाई विज्ञ चन्द्रभक्त बिष्ट, गाउँपालिकाका परियोजना सम्र्पक व्यक्ति पूर्णप्रसाद शर्मा, प्राबिधिक इन्द्र चन्द्र, संयोजक कमला शर्मा र महखानी युवा कल्वका सचिव याम गुरुङले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार