शान्तिकोषको अक्षयकोषका लागि घर्तीद्धारा पाँच लाख सहयोग

बेनी आइतबार फागुन १९ गते । विपन्न म्याग्देलीको उपचारमा सघाउन परोपकारी संस्था ओमकुमारी शान्ति कोषले स्थापना गर्न लागेको डेढ करोड रुपैयाँको अक्षयकोषका लागि एक व्यक्तिले पाँच लाख रुपैयाँ सहयोग गर्नुभएको छ ।

मंगला गाउँपालिकाको बरंजा घर भई हङकङमा बस्दै आउनुभएका मोना हङकङका संरक्षक समेत रहनुभएका घर्तीको आइतबार बेनीमा कोषका अध्यक्ष राजेश शाक्य र सचिव लोकेश पुनमगरसँगको भेटघाटका क्रममा उक्त रकम सहयोगको घोषणा गर्नुभएको हो ।

म्याग्दी प्रवासी नेपाली संघ ९मोना० हङकङको गत आइतबार भएको २० औ वार्षिकोत्सवको अवसरमा आयोजित कोषका पदाधीकारीहरुसँगको अन्तरक्रिया कार्यक्रममा करिब चालीस लाख रुपैयाँ सहयोगको प्रतिवद्धता घोषणा भएको छ ।

कोषले विभिन्न अभियान सञ्चालन गरेर हालसम्म जटिल रोगबाट थलिएर बिरामी र आर्थिक अभावका कारण औषधी उपचारबाट बञ्चित १०१ जना म्याग्देलीहरुलाई एक करोड ८२ लाख रुपैयाँ सहयोग जुटाएको छ ।

हाइपो पलास्टिक एनिमिया रोगबाट थलिएर ज्यान गुमाएकी बेनपा ४ की ओमकुमारी पुन ९शान्ति०को स्मृतिमा चार वर्षअघि कोष स्थापना भएको थियो ।

मुटु, मृगौला, क्यान्सर, लगायत जटिल रोगबाट थलिएका म्याग्देलीहरुलाई सघाउन डेढ करोड रुपैयाँको अक्षयकोष स्थापना गर्ने उद्देश्यले तीन वर्षयता सहयोग संकलन अभियान सञ्चालन गरिदै आएको छ । कोषको ब्याजबाट बिरामीको उपचारमा सहयोग गर्ने संस्थाको योजना छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार