हजुरआमाको हत्या आरोपमा नाति पक्राउ

  म्याग्दी न्युज संवाददाता

बेनी । म्याग्दीको बेनी नगरपालिका–२, खबरा बस्ने ७५ वर्षीया मनकुमारी घिमिरेको धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा उहाँकै नाति पक्राउ परेका छन् । सोमबार बिहान करिब ११ः३० बजे मनकुमारीलाई उनकी छोरीका छोरा अन्नपूर्ण गाउँपालिका-६, घारका २६ वर्षीय आशिष बरुवालले धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

हतियार प्रहारपछि फरार भएका बरुवाललाई जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट प्रहरी निरीक्षक सागर तिमिल्सिनाको कमान्डमा परिचालित १५ जनाको टोलीले खोजतलासका क्रममा पक्राउ गरेको हो ।

बरुवाललाई बेनी नगरपालिका–२, हाडेभिरस्थित भाग्दै गरेको अवस्थामा फेला पारी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । घटनाबारे आवश्यक अनुसन्धान तथा प्रमाण संकलनको काम भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार