म्याग्दीका एक युवाको काठमाडौंमा हत्या

  धनिलाल गर्बुजा

काठमाडौं, असोज ५ गते । म्याग्दीका एक युवाको काठमाडौंमा हत्या भएको छ । धवलागिरी गाउँपालिका–५, मलम्पारका ३० वर्षीय सुजन छन्त्यालको आइतबार बिहान गोंगबुस्थित शिवमन्दिर अगाडिको भित्री गल्लीमा अज्ञात समूहले हत्या गरेको नेपाल छन्त्याल संघका पूर्वकेन्द्रीय अध्यक्ष मोहन छन्त्यालले जानकारी दिनुभयो ।

उहाँका अनुसार घटनाबारे छानबिन गर्ने महाराजगञ्ज प्रहरी वृत्तमा उजुरी पनि दिइएको छ । मृतकको शव हाल वीर अस्पतालमा राखिएको छ । निष्पक्ष छानबिन गरी घटनामा संलग्न दोषीलाई कारबाही गर्न माग गर्दछौं, छन्त्यालले भन्नुभयो ।

घटनास्थल वरपर सीसीटीभी जडान गरिएको भेटिएन । मृतक छन्त्याल युवा संघ कास्कीका अध्यक्ष समेत हुनुहुन्थ्यो । हत्यामा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार