म्याग्दीमा निशुल्क आँखा जाँच तथा मोतियाविन्दुको अप्रेशन शिविर सुरु

साधन राम्जाली
बेनी बुधबार फागुन २९ गते । म्याग्दीमा तीन दिने निशुल्क आँखा जाँच तथा मोतियाविन्दु अप्रेशन शिविर सुरु भएको छ । हामी नेपाली काठमाण्डौँको प्रमुख आयोजना तथा बेनी र पर्वतमा रहेका लायन्स क्लबको आयोजना र बेनी नगरपालिका र आक्स फाउडेशनको समन्वय तथा नेपाल आँखा अस्पताल त्रिपुरेश्वर काठमाण्डौँ ,बेनी अस्पताल म्याग्दी ,नेपाल रेडक्रस सोसाइटी आाँखा उपचार केन्द्र बेनीको प्राविधिक सहयोगमा शिविर संचालन गरिएको प्रमुख आयोजक हामी नेपालीका उपाध्यक्ष गँगाराम शर्मा पौडेलले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र बहादुर केसीले छिमेकी जिल्ला पर्वत जलजला गाउँपालिका ३ वारी बेनीका ८५ बर्षिय दल बहादुर खत्रिलाई नाम दर्ताको कागज हस्तान्तरण गरि शिविरको शुभारम्भ गनुभएको हो ।

शिविर उद्घाटन गर्नुहुँदै प्रमुुख अतिथि जिसस प्रमुख अतिथि केसीले ग्रामिण भेग तथा बजार क्षेत्र भित्र रहेर पनि आर्थिक अभावमा अस्पताल जान नसकेका आँखा रोगबाट पीडित विराम्ीहरुलाई शिविरले ठुलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । यसैगरि प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी ,बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले शिविरले ग्रमिण भेगका आँखा रोगी विरामीहरुलाई ठुलो सहयोग पुग्ने बताउँदै शिविरमा सेवा लिन सबैलाई आग्रह गर्नुभयो ।

प्रमुख आयोजक हामि नेपालीका उपाध्यक्ष शर्मा पौडेल र क्लबको तर्फबाट लायन्स क्लब अफ बेनी म्याग्दीका अध्यक्ष किशोर श्रेष्ठले ग्रामिण भेग र बजार क्षेत्र भित्र रहेर पनि आर्थिक अभावमा अस्पताल जान नसकेका आँखा रोगिहरुलाई ज्योति दिन सकियोस् भनि शिविरको आयोजना गरिएको बताउनुभयो ।


शिविरमा निशुल्क आँखा जाँच तथा मोतिया विन्दुको अप्रेशन लगायत निशुल्क चस्मा र औषधिको व्यवस्था गरिएको लायन्स क्लब अफ म्याग्दी दोभानकी अध्यक्ष अम्बीका श्रेष्ठले जानकारी दिनुभयो ।

प्रमुख आयोजक हामी नेपाली संगै लायन्स क्लब अफ म्याग्दी दोभान,लायन्स क्लब अफ बेनी मल्लाज ,लायन्स क्लब अफ बेनी महारानी ,लायन्स क्लब अफ बेनी म्याग्दी, लायन्स क्लब अफ बेनी सिटी ,लायन्स क्लब अफ बेनी पिस सिटी र लियो क्लब अफ बेनी म्याग्दीको आयोजनामा सुरु भएको शिविर आगामी चैत्र १ गते सम्म संचालन हुने आयोजक लायन्स क्लब अफ बेनी पिस सिटीका अध्यक्ष विनय श्रेष्ठले जानकारी दिनुभयो ।

शिविरमा म्याग्दीका बेनी नगरपालिका, मालिका रघुगंगा गाउँपालिका सहित छिमेकी जिल्ला बागलुङ र पर्वतका आँखा रोगिहरुले नामदर्ता गरेको उहाँले बताउनुभयो । शिविरमा प्राविधिक सहयोगि नेपाल आँखा अस्पतालकी नेत्र रोग विशेषज्ञ अर्चना शर्माको टोलीले आँखाको जाँच तथा शल्यक्रियाको उपचारमा सेवा दिने आयोजकले जनाएकोे छ ।

प्रमुख अतिथि जिस प्रमुख केसीको प्रमुख आतिथ्यता ,लायन्स क्लब अफ बेनी म्याग्दीका अध्यक्ष श्रेष्ठको अध्यक्षता , लायन्स क्लब अफ म्याग्दी दोभानकी अध्यक्ष श्रेष्ठको स्वागत मन्तव्य र लायन्स क्लब अफ बेनी पिस सिटिका अध्यक्ष श्रेष्ठकाे संचालनमा कार्यक्रम समापन भएको थियो । कार्यक्रममा विभिन्न संघ संस्थामा आवद्ध प्रतिनिधिहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।







तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार