दरबाङमा ढल निर्माण

साधन राम्जाली

बेनी बिहिबार फागुन ३० गते । जिल्लाको मालिका गाउँपालिका ६ केन्द्र दरबाङ बजारमा ढल निर्माण सुरु भएको छ । चालु आर्थिक बर्षमा वडाको सिफारिसमा गाउँपालिकाको ९ लाख रुपैयाँ र स्थानिय बासीको एक लाख रुपैयाँ गरी १० लाख रुपैयाँमा ढल निर्माण सुरु गरिएको हो ।


गाउँपालिकाको कार्यालय देखी नयाँ बजार सम्म १ सय १३ मिटर ढल निर्माण सुरु गरिएको उपभोत्ता समितिका अध्यक्ष मिराज गौतमले जानकारी दिनुभयो । अध्यक्ष गौतमका अनुसार ५० सेमी गहिरो र १ सय २० सेमी चौडाईको ढल निर्माण हुनेछ ।

घरबाट निस्कने फोहोर व्यवस्थापनका लागि वडा कार्यालयको सिफारिसमा गाउँपालिकाबाट विनियोजित ९ लाख रुपैयाँ र स्थानिय बजार बासीको १ लाख रुपैयाँ गरी १० लाख रुपैयाँको लागतमा ढल निर्माण सुरु गरिएको वडा अध्यक्ष सन्तोष सुवेदीले जानकारी दिनुभयो ।

सम्बन्धीत भिडियो हेर्नुहोस्


पछिल्लो समय जनघनत्व बढ्ढै गएको दरबाङ बजारमा फोहोर व्यवस्थापनको समस्यालाई सहज बनाउन गाउँपालिकाले ढल निर्माण सुरु गरेको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगरले बताउनुभयो । बजार संगै ग्रामिण भेगमा सरसफाइ अभियानलाई जोड दिएर ढल निर्माणका लागि गाउँपालिकाले आवश्यक बजेट विनियोजन गरेको उहाँले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार