![](https://myagdinews.com/wp-content/uploads/2019/03/53911517_1932796803499223_6111836739649667072_n.jpg)
लमजुङ बिहिबार फागुन ३० गते । जिल्लाको दोर्दी गाउँपालिका –६ स्थित भगवान आधारभुत विद्यालयलमा पुस्तकालय स्थापना गरिएको छ । सोहि वडा निवासी हाल न्युजिलल्याण्डमा कार्यरत सुक बहादुर घलेको नेतृत्वमा ईन्द्र घले,केरसिंह घले र राम बहादुर घलेको संयुक्त आर्थिक सहयोगमा पुस्तकालय स्थापना गरिएको हो ।
![](https://myagdinews.com/wp-content/uploads/2019/03/54517039_2410098589221288_8401655436335382528_n.jpg)
गत २६ गते स्थापना भएको पुस्तकालयको उद्घाटन प्रमुख अतिथि नेपाल लाइब्रेरी फाउण्डेशनका अन्तराष्ट्रिय संयोजक एवम् एनआरएन एका पुस्ताकालय टास्कका उपसंयोजक चक्र बहादुर थापाले गर्नुभएको हो ।
कार्यक्रमको उद्घाटन गर्नुहुँदै प्र्रमुख अतिथि थापाले दुर्गम ग्रामिण भेगका विद्यालयमा पुस्तकालय स्थापना हुनु शिक्षा क्षेत्रको गुणस्तरमा विकास हुने बताउँनुभयो । उहाँले पुस्ताकालय स्थापना संगै विद्यालयमा विद्यार्थीहरुले खेलकुद संगै पूस्तक मार्फत विभिन्न ज्ञान हासिल गर्नुका साथै विश्वमा घटेका घटनाहरुको अध्ययन गर्न सकिने बताउनुभयो ।
![](https://myagdinews.com/wp-content/uploads/2019/03/54383124_558531271310746_2592879049449668608_n.jpg)
मोना आइइसीका अध्यक्ष समेत रहनुभएका प्रमुख अतिथि थापाले मोनाले गृह जिल्ला म्याग्दीमा मात्र नभई पर्वत ,बागलुङ ,गल्मी, अर्घाखाँची लगायत दर्जन बढी जिल्लामा पूस्तकालय स्थापना गरि सकेको जानकारी दिँदै लमजुङ संगै अन्य जिल्लामा पनि पुस्तकालय स्थापना गरिने उद्घोष गर्नुभयो ।
नेपाल लाइब्रेरी फाउण्डेशनका अन्तराष्ट्रिय एवम् एनआरएन एका पुस्ताकालय टास्कका महासचिव धनकुमार श्रेष्ठले पुस्तकालय स्थापनाले विद्यार्थीहरुमा थप अध्ययनको विकासमा सहयोग गर्ने बताउनुभयोख ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चित्र बहादुर घलेले पुस्तकालय स्थापनमा सहयोग गर्ने चन्दादाता र पूस्तकालय स्थापना गर्न व्यवस्थापनमा सहयोग पु¥याउने सबैलाई धन्यवाद तथा आभार प्रकट गर्नुभयो । साथै उहाँले पुस्तकालयको प्रयोगलाई व्यवस्थित र दिर्घकालिन बनाईने प्रतिबद्धता व्यक्त गर्नुभयो । पुस्तकालय स्थापना संगै विद्यार्थीहरु हर्षित बनेका छन् ।