बेनी बजार अनुगमन (फाेटाे सहित )

बेनी शुक्रबार चैत्र १ गते । शुक्रबार बेनी बजार अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीको नेतृत्वमा जिल्ला स्थित म्याग्दी उद्योग बाणिज्य संघ ,जिल्ला प्रहरी कार्यालय , कोष तथा लेखा नियन्त्रक कार्यालय , बेनी नगरपालिकाका जनप्रतिनिधि ,घरेलु तथा साना उद्योग विकास समिति कार्यालय, राष्ट्रिय अनुसन्धन विभागको संयुक्त टोलीले म्याग्दीको सदरमुकाम बजार अनुगमन गरेको हो ।

बेनी बजारमा संचालित २८ डेरी र किराना पसलमा अनुगमन गरिएको प्रमुख जिल्ला अधिकारी अधिकारी जानकारी दिनुभयो । बजारलाई व्यवस्थित एवम् उपभोत्ताहरुको हितलाई मध्यनजर गरि बजार अनुगमन गरिएको प्रजिअ अधिकारीले बताउनुभयो ।

अनुगमनका क्रममा किराना पसलहरुमा म्याद नाघेको सामाग्रि ,मुल्य सुचि नराखिएको र दर्ता नगरी पसल संचालन गरेको भेटिएको उहाँले बताउनुभयो । अनुगमनमा भेटिएका म्याद नाघेका सामाग्रिहरु जफत गरिएको र दर्ता नभएका पसलहहरुलाई दर्ताका लागि सात दिनको समय सिमा तोकिएको प्रजिअ अधिकारीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार