निशुल्क आँखा शिविर ः१५ सय बढीको जाँच तथा ८४ जना मोतिया विन्दुको शल्यक्रिया

साधन राम्जाली

बेनी शुक्रबार चैत्र १ गते । म्याग्दीको सदरमुकाममा गत फागुन २९ गतेदेखी सुरु भएको तीन दिने निशुल्क आँखा जाँच तथा मोतियाविन्दु अप्रेशन शिविर सम्पन्न भएको छ ।


हामी नेपाली काठमाण्डौँको प्रमुख आयोजना तथा बेनी र पर्वतमा रहेका लायन्स क्लबको आयोजना र बेनी नगरपालिका र आक्स फाउडेशनको समन्वय तथा नेपाल आँखा अस्पताल त्रिपुरेश्वर काठमाण्डौँ ,बेनी अस्पताल म्याग्दी ,नेपाल रेडक्रस सोसाइटी आाँखा उपचार केन्द्र बेनीको प्राविधिक सहयोगमा शिविर शुक्रबार समापन भएको हो ।

शुक्रबार सम्म संचालन गरिएको उक्त शिविरमा १५ सय बढीको आँखा जाँच गरिएको छ भने ८४ जना मोतिया विन्दुको सफल शल्यक्रिया गरिरिएको लायन्स क्लब अफ बेनी म्याग्दीका अध्यक्ष किशोर श्रेष्ठलल जानकारी दिनुभयो ।

कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र बहादुर केसीले छिमेकी जिल्ला पर्वत जलजला गाउँपालिका ३ वारी बेनीका ८५ बर्षिय दल बहादुर खत्रिलाई नाम दर्ताको कागज हस्तान्तरण गरि शिविरको शुभारम्भ गनुभएको थियो ।


शिविरबाट धेरैजसो ५० देखीका बृद्धबृद्धाहरुले मोतिया विन्दुको शल्यक्रिया गराएको आयोजकले जनाएको छ । दुर्गम अनि आर्थिक अभावका कारण अस्पताल जान नसकेका मोतिया विन्दुका विरामीहरुले सदरमुकामबाट निशुल्क सेवा लिन पाउँदा हर्षित बनेका छन् ।

शिविरमा म्यागदीको बेनी नगरपालिका, मालिका ,रघुगंगा गाउँपालिका सहित छिमेकी जिल्ला बागलुङ र पर्वतका आँखा रोगिहरुले मोतियाविन्दु रोगिको निशुल्क शल्यक्रिया तथा अन्यले आँखा जाँच गराएको आयोजकले जनाएको छ ।

तीन दिन सम्म संचालन भएको शिविरमा प्राविधिक सहयोगि नेपाल आँखा अस्पतालकी नेत्र रोग विशेषज्ञ डा अर्चना शर्माको टोलीले आँखाको जाँच तथा शल्यक्रियाको उपचारमा सेवा दिएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

प्रमुख आयोजक हामी नेपाली संगै लायन्स क्लब अफ म्याग्दी दोभान,लायन्स क्लब अफ बेनी मल्लाज ,लायन्स क्लब अफ बेनी महारानी ,लायन्स क्लब अफ बेनी म्याग्दी, लायन्स क्लब अफ बेनी सिटी ,लायन्स क्लब अफ बेनी पिस सिटी र लियो क्लब अफ बेनी म्याग्दीले संयुक्त रुपमा आयोजकको रुपमा सघाएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार