म्याग्दी र बागलुङ सहित चार जिल्लामा २ गते देखी ३ गते सम्म बिद्युत सेवा बन्द हुने

बेनी शुक्रबार त्रैत १ गते । । भोलि चैत २ गतेदेखी म्याग्दी ,बागलुङ, पर्वत, र मुस्ताङ चार जिल्लामा दुई दिन विद्युत सेवा अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार विद्युत् प्रसारण लाइनको क्षमता वृद्धिका लागि चार जिल्लामा विद्युत् सेवा ठप्प गर्ने भएको हो ।

नेपाल विद्युत् प्राधिकरण, पर्वत वितरण केन्द्रले शनिबार बिहान ७ बजेदेखि चैत ३ गते साँझ ६ बजेसम्म विद्युत् सेवा बन्द रहने जानकारी गराएको छ । चैत २ र ३ गते गरी दुई दिनसम्म पूर्णरूपमा विद्युत् लाइन काटेर नयाँ ट्रान्सफर्मर परिवर्तन गर्न थालिएको हो ।

नेपाल विद्युत् प्राधिकरण मोदीखोला जलविद्युत् केन्द्रको स्वीचयार्डमा हाल जडानमा रहेको १५ एमभिए क्षमताको ट्रान्सफर्मरको स्थानमा ३० एमभिए क्षमता भएको ट्रान्सफर राख्न लागिएकाले ३३ केभी सवस्टेशनबाट विद्युतको प्रसारण पूर्णरूपमा बन्द गरेर काम गरिने नेपाल विद्युत प्राधिकरण म्याग्दी वितरण केन्द्रले जनाएको छ । म्याग्दी वितरण केन्द्रका अनुसार ट्रान्सफर्मर परिवर्तनका लागि विद्युत् बन्द नगरी काम नहुने भएकाले बाध्यताबस विद्युत् बन्द गरेर काम गर्नु परेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार