दुर्गम दुई विद्यालयका विद्यार्थीलाई छात्रवृति तथा शैक्षिक सामाग्री सहयोग

साधन राम्जाली
बेनी शनिबार चैत्र २ गते । सदरमुकाम बेनी बजारमा रहेको एक लायन्स क्लबले दुर्गम विद्यालयको विद्याथीहरुलाई छात्रवृति तथा शैक्षिक सामाग्री सहयोग गरेको छ । जिल्लाको सदरमकाममा रहको लायन्स क्लब अफ बेनी पिस सिटीले मंगला गाउँपालिका– ३ बरंजामा रहेको दुई विद्यालयका विद्यार्थीहरुलाई छात्रवृति तथा शैक्षिक सामाग्रि सहयोग गरेको हो । शनिबार एक कार्यक्रमका विच जनप्रिय आधारभुत विद्यालय खर्क र महेन्द्र रत्न माध्यमिक विद्यालयका गरिब तथा विपन्न परिवारका विद्यार्थीहरुलाई सो सहयोग प्रदान गरिएको हो ।

लायन्स क्लब र महेन्द्र रत्न मावि बरंजा छात्रवृति अक्षकोषको संयुक्त आर्थिक सहयोगमा महेन्द्र रत्न मावि कक्षा ११ मा अध्ययनरत ६ जनालाई प्रति विद्यार्थी ५ हजार रुपैयाँ र एक जनालाई १० हजार रुपैयाँ गरि ४० हजार रुपैयाँ छात्रवृति प्रदान गरिएको छ भने सोहि अवसरमा लायन्स क्लबले जनप्रिय मावि र महेन्द्र रत्न माविका ६ जना विद्यार्थीहरुलाई एक बर्षका लागि ३० हजार बराबरको शैक्षिक सामाग्रि हस्तान्तरण गरेको छ । ६ जना विद्यार्थीहरुलाई एक बर्षका लागि कापी ,कलम, झोला तथा प्रति विद्यार्थी एक जोर कपडा प्रदान गरएको हो ।

छात्रवृति तथा शैक्षिक सामाग्रि प्रमुख अतिथि क्लबका संस्थापक अध्यक्ष राजेश शाक्य ,क्लबका अध्यक्ष एवम् अक्षकोषका संरक्षक लोक बहादुुर पुन (लोकेश) ले र क्लबका सदस्यहरुले विद्यार्थी र महेन्द्र रत्न माविका प्रअ कृष्णलाल सापकोटालाई वडा नं ४का अध्यक्ष एवम् महेन्द्र रत्न मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओम बहादुर रोका मगरको उपस्थितीमा सँयुक्त रुपमा हस्तान्तरण गर्नुभएको हो ।

छात्रवृति तथा शैक्षिक सामाग्रि सहयोग हस्तान्तरण गर्नुहँदै प्रमुख अतिथि शाक्यले स्वतन्त्र एवम् सामाजिक सेवामा समर्पित क्लबले स्थापना कालदेखी नै विभिन्न सामाजिक,शैक्षि तथा मानविय सेवाको क्षेत्रमा काम गर्दै आइरहेको बताउँदै सहयोगले दुर्गम विद्यालयका गरिब तथा विपन्न परिवारका विद्यार्थीहरुको शैक्षिक अध्ययनमा आइपर्ने आर्थिक समस्यालाई ठुलो राहत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

साथै उहाँले क्लबले सामाजिक,शैक्षिक तथा मानविय सेवाम पनि क्लबले सेवा गर्दै आईरहेको बताउनुभयो ।

यसैगरि क्लब अध्यक्ष ्एवम् छात्रवृति कोषका संरक्षक पुन मगरले आफ्नो एक बर्षे कार्यकालमा घोषणा गरिएको कार्यक्रम अनुसार दुर्गम विद्यालयका गरिब तथा विपन्न परिवारका विद्यार्थीहरुलाई लक्ष्यित गरि छात्रवृति तथा शैक्षिक सामाग्रि सहयोग गरिएको बताउनुभयो ।
वडा अध्यक्ष एवम् विव्यस अध्यक्ष रोका मगरले क्लबले गरेको सहयोगले विद्यार्थिहरुको शैक्षिक क्षेत्रमा ठुलो सहयोग पुग्ने बताउँदै क्लब प्रति धन्यवाद तथा आभार प्रकट गर्नुभयो ।

कार्यक्रममा प्रअ सापकोटाले परोपकारी संस्था ओमकुमारी शान्ती कोषलाई ५ हजार पाँच सय ५५ रुपैयाँ सहयोग गरि आजिवन सदस्यता लिनुभएको छ ।
साथै क्लब र अक्षकोषको संयुक्त सहयोगमा महेन्द्र रत्न माविमा ९२ हजार ५ सय रुपैयाँ बराबरको ई लाइब्रेरी (विद्युतिय पुस्तकायल )स्थापना स्थापना गरिएको छ ।


लायन्स क्लबका संस्थापक अध्यक्ष शाक्यको प्रमुख आतिथ्यता , क्लब अध्यक्ष एवम् अक्षकोषका संरक्षक पुन मगरको अध्यक्षता , द्धितिय उपाध्यक्ष सुवर्ण रिजालको स्वागत मन्तव्य र सचिव भोज बहादुर रिजालको संचालनमा कार्यक्रम समापन भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार